राजनीतिक नेतृत्वको दृष्टिमा लघुवित्तको ब्याज

लगानी गरेबापत प्राप्त हुने थप रकमलाई ब्याज भनिन्छ । अर्थात् आफूसँग भएको पूँजी बचत वा लगानी गरेबापत प्राप्त हुने अतिरिक्त रकम नै ब्याज हो । बैंक तथा वित्तीय संस्थाले बचत भएका क्षेत्रमा बचत संकलन गरी आवश्यकताको आधारमा कर्जा प्रवाह गर्छन् र कर्जाबाट प्राप्त हुने ब्याजबाट निक्षेपकर्तालाई ब्याज, संस्थाको सञ्चालन खर्च, अन्य आम्दानी तथा लगानीकर्तालाई प्रतिफल प्रदान गर्ने गर्छन् । यसरी कर्जाबाट प्राप्त हुने ब्याज नै बैंक तथा वित्तीय संस्थाको आम्दानीको प्रमुख स्रोत हो । विभिन्न कारोबारबाट प्राप्त हुने कमिशन, सेवाशुल्क आदिबाट पनि आम्दानी हुने गर्छ । ब्याजदर निर्धारणका लागि विभिन्न आधारहरू रहेका हुन्छन् । बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल लागतमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् । ब्याजदरलाई मुख्य रूपमा पूँजीको माग र आपूर्तिले प्रभाव पारेको हुन्छ भने आर्थिक गतिविधि, वित्तीय चेतना, लगानीको वातावरण, साक्षरता आदिले पनि प्रभाव पार्ने गर्छ । यस लेखमा लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यलाई कर्जा दिएबापत लिने ब्याजदर र त्यस सम्बन्धमा राजनीतिक नेतृत्वको दृष्टिकोणबारे चर्चा गरिनेछ । सामाजिक अभियन्ताका रूपमा रहँदा, चुनावी भाषण गर्दा वा नीतिगत तहमा पुग्दा राजनीतिक नेतृत्वले लघुवित्तका ऋणीहरू कर्जाको चर्को ब्याजदरबाट पीडित भएको र धनी वर्गले न्यून ब्याजदरमा कर्जा उपभोग गरिरहेको अभिव्यक्ति दिने गरेको पाइन्छ । उहाँहरूकै शब्दमा भन्नुपर्दा ग्रामीण क्षेत्रमा भैंसी, बाख्रा आदि किन्नका लागि लिने कर्जाको ब्याजदर १५ प्रतिशत तर शहरमा मोटर किन्नेलाई ७/८ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह हुने गरेकाले गरीब तथा न्यून आय भएका वर्ग चर्को ब्याजदरबाट पीडित भइरहेका अभिव्यक्ति दिने गरेको पाइन्छ । के साँच्चै लघुवित्त वित्तीय संस्थाले ऋणीहरूलाई प्रदान गर्ने कर्जाको ब्याजदर महँगो नै भएको हो त ? यदि महँगो नै भएको हो भने कसरी घटाउन सकिन्छ ? यस लेखमा यिनै प्रश्नको उत्तर खोजिने प्रयास गरिनेछ । यसका लागि लघुवित्त क्षेत्रमा ब्याजदर निर्धारण प्रक्रिया, स्रोतको उपलब्धता र सञ्चालन खर्च आदीलाई गहन तरीकाले अध्ययन गर्नुुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्यलाई प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने गरी सीमा लगाएको छ । लघुवित्तीय सेवाको शुरुआतीको समयमा कर्जाको ब्याजदर २५ प्रतिशतसम्म रहेको थियो । त्यसैगरी शेयरपूँजी, सदस्यबाट संकलित बचत, बैंक वित्तीय संस्थाबाट प्राप्त विपन्न वर्ग कर्जा सापटी र संस्थाले गरेको नाफा आदि लघुवित्त वित्तीय संस्थाको वित्तीय स्रोत हुन् । उपर्युक्त स्रोतहरूमध्ये कुल वित्तीय स्रोतको ६० प्रतिशतभन्दा बढी अंश ओगटेको विपन्न वर्ग कर्जासापटी लिँदा बैंक तथा वित्तीय संस्थालाई बजारमा चलेको ब्याजदर तिर्नुपर्ने हुन्छ । कोरोना अवधिबाहेक अन्य समयमा विपन्न वर्ग कर्जा सापटीको ब्याजदर दोहोरो अंकमा रहने गरेको पाइन्छ । साथै, आधारभूत तहको वित्तीय साक्षरता प्रदान गर्दै घरदैलोमा नै वित्तीय सेवा उपलब्ध गराइने भएकाले संस्थाको सञ्चालन लागत उच्च हुने, विनाधितो प्रदान गरिने कर्जाको जोखिम बढी हुनेलगायत कारणले गर्दा लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा महँगो हुने गरेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाको लागतले कर्जाको ब्याजदर निर्धारण गर्ने भएकाले कर्जाको ब्याजदर घटाउन संस्थाको लागत घटाउनुपर्छ । संस्थाको लागतअन्तर्गत मुख्य गरेर वित्तीय स्रोतको लागत र सञ्चालन खर्च पर्छन् । वित्तीय स्रोतको लागत घटाउने सन्दर्भमा ब्याजदरलाई वाञ्छित सीमाभित्र राखी दिगो वित्तीय स्रोतको आपूर्ति गर्नुपर्छ । यसका लागि सम्झौतामा आधारित गैरवित्तीय संस्थाहरूसँग भएको पूँजी, राष्ट्रिय लघुवित्त कोषको स्थापना, ऋणपत्र निष्कासन, लघुवित्त बन्ड, विदेशी संस्थाबाट प्राप्त हुने कर्जा आदिलाई उपयोग गर्न सकिन्छ । घरदैलोमा प्रदान गरिने वित्तीय सेवाको खर्चलाई मितव्ययी बनाउन प्रविधि र मानवीय दुवै सेवालाई आवश्यकताअनुसार परिचालन गर्नु उपयुक्त हुन्छ । उपर्युक्त कार्यका लागि नेपाल सरकारले प्राथमिकता दिई सहजकर्ताको भूमिका निभाउनुपर्छ । केही संस्थाले लगानीकर्तालाई प्रदान गर्ने उच्च प्रतिफललाई हेर्दा लघुवित्त वित्तीय संस्थाहरू नाफामा केन्द्रित भएका आवाज पनि उठ्न थालेका छन् । तर, सीमित संस्थालाई आधार बनाएर समग्र लघुवित्त क्षेत्रलाई उच्च नाफा हुने क्षेत्रको रूपमा हेरिनु सान्दर्भिक हुदैन । वित्तीय स्रोतको दृष्टिकोणबाट सबै संस्था समान रूपले बलियो नभएकाले वित्तीय स्रोतको लागत उच्च रहेका लघुवित्त संस्थालाई लघुवित्तीय सेवा महँगो पर्ने गरेको छ । राजनीतिक नेतृत्वले गरीब तथा न्यून आय भएका वर्गलाई आपूmतिर आकर्षित गर्न क्षणिक आश्वासन दिएर लघुवित्त क्षेत्रमा रहेको कर्जाको ब्याजदरलाई माध्यम बनाउने गरेको देखिन्छ । क्षणिक र मीठा अभिव्यक्तिले यो वर्गलाई छिट्टै आप्mनो प्रभावमा पार्न सकिने भएकाले यस्तो प्रवृत्ति नेपालमा मात्र नभई विश्वभरि नै रहेको पाइन्छ । वास्तवमा नै लघुवित्त क्षेत्रमा रहेको ब्याजदरलाई वाञ्छित सीमाभित्र ल्याउने हो भने यस क्षेत्रका लागि आवश्यक वित्तीय स्रोतको दिगो आपूर्तिलाई सहज बनाउन नीतिगत तह नै कटिबद्ध भएर लाग्नुपर्ने देखिन्छ । नियमनकारी निकायका रूपमा रहेको राष्ट्र बैंकले ल्याएका नीतिगत व्यवस्थाले मात्र लघुवित्त क्षेत्रका लागि आवश्यक वित्तीय स्रोतको दिगो आपूर्ति हुन सक्दैन । यसका लागि वित्तीय क्षेत्रको तालुकी निकाय अर्थ मन्त्रालय र अर्थमन्त्रीले लघुवित्त क्षेत्रलाई प्राथमिकतामा राखी अघि बढ्नुपर्ने हुन्छ । तर, विडम्वना नै भन्नुपर्छ बजेट र सरकारी निकायबाट निर्माण गरिने नीतिगत व्यवस्थाले यस क्षेत्रलाई बिरलै समेट्ने गरेको पाइन्छ । नीति निर्माण गर्ने तहमा पुगेपछि नेतृत्व वर्गले विगतमा गरिएका वाचालाई चटक्कै बिर्सने गरेको देखिन्छ । तसर्थ, नेतृत्व वर्गले लघुवित्त क्षेत्रमा रहेको ब्याजदरलाई वाञ्छित सीमाभित्र ल्याई स्रोतको दिगो आपूर्तिका लागि आवश्यक पहल गरेमा यस क्षेत्रलाई उद्देश्यमूलक बनाउन र लक्षित वर्गलाई कम ब्याजदरमा कर्जा उपलब्ध गराउन सहयोग पुग्ने देखिन्छ । लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

सम्बन्धित सामग्री

आरएसडीसी लघुवित्तको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

४ माघ, काठमाडौं । आरएसडीसी लघुवित्तको खुद नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमासिक अवधिमा खुद नाफा ६ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो । नाफामा १२ प्रतिशत कमी आउनुमा खुद ब्याज […]

भिड जम्मा गर्न लघुवित्त र बैंकको ब्याज मिनाहाको प्रलोभन

मोरङबाट सोमबार मात्रै काठमाडौं आइपुगेका ७२ वर्षीय वुद्धिमान सुवेदी भन्छन्, ‘आन्दोलन किन गर्न लागेका हुन्, धेरै थाहा छैन । काठमाडौं गए लघुवित्तको ब्याज मिनाहा हुन्छ भन्थे, त्यही सुनेर आएँ ।’

खुद ब्याज आम्दानी घटे पनि किसान लघुवित्तको नाफा बढ्यो, यस्तो छ कारण

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ ।  अघिल्लो आवमा कम्पनीले रू. ११ लाख २६ हजार नाफा कमाएकोमा गत आवमा बढेर रू. १ अर्ब ३६ करोड पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १२ करोड २० लाख रहेकोमा गत आवमा रू. २ करोड ४७ लाखमा झरेको छ । इम्पेयरमेन्ट चार्ज घटेसँगै कम्पनीको सञ्चालन नाफा १४२ प्रतिशत वृद्धि भएको हो । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा २९ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा रू. ३६ करोड २२ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवमा घटेर रू. २५ करोड ७० लाखमा झरेको हो । कम्पनीको चुक्ता पूँजी रू. ५० करोड ४३ लाख छ । कम्पनीले जगेडामा रू. ११ करोड ३१ लाख र रिटेन्ड अर्निङमा रू. २ करोड १ लाख सञ्चिति गरेको हो । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. २ दशलमव ७०, तरलता अनुपात २ दशमलव ७३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव ४२ छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ३१ लाख छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

धनकुटामा बैंक र लघुवित्तको चर्को ब्याजविरुद्ध प्रदर्शन

धनकुटा : धनकुटामा विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले बैंक तथा लघुवित्तको चर्को ब्याज र मूल्यवृद्धिविरुद्ध विरोध प्रदर्शन गरेको छ।धनकुटाको मदन चोकमा बैंक तथा वित्तिय संस्थाहरुको विरोधमा नारासहित प्रदर्शन गरेको हो। अहिले लघुवित्तको मिटर ब्याज र बैंकको चर्काे ब्याजको आतंकले धनकुटाका जनतालाई जीवन मरणको अवस्थामा पुर्‍याएको भन्दै ७ बुँदे मागसहित प्रदर्शन गरेको हो।नेकपाले वित्तिय संस्थाहरुको शोषण अन्त्य गर, राष्ट्रिय उद्योग र व्यवसायलाई–राहत दे, लघुवित्त संस्थाको ज्यादत

एनआईसी एशिया लघुवित्तको ‘सर्वश्रेष्ठ सबल बचत खातामा’ १३ प्रतिशत सम्म ब्याज

एनआईसी एशिया लघुवित्तले २०७८ चैत्र २३ गतेबाट संस्थामा आवद्ध तथा सम्भाव्य सेवाग्राहीसदस्यहरुका लागी  ‘सर्वश्रेष्ठ सबल बचत खाता’ सञ्चालनमा ल्याएको छ ।यस आतामा सेवाग्राहीहरूले १० प्रतिशत देखि १३ प्रतिशतसम्म ब्याज, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट, बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा समेत प्राप्त गर्न सक्नेछन् । सबल बचत खाताका बिशेषताहरु:सर्वश्रेष्ठ बचत खातामा बार्षक १० देखि १३ प्रतिशतसम्म बार्षिक व्याजदर कायम गरिएको छ । पाकेको ब्याज खातामा त्रैमासिक रुपमा जम्मा गरिन्छ । सेवा शुल्कमा कर्जा लगानी रकमको ०.२५ प्रतिशत ।बिना धितो कर्जामा कर्जाको व्याजदरमा ०.२५ प्रतिशत रहेको छ ।धितो कर्जामा कर्जाको व्याजदरमा ०.५० प्रतिशत छुट रहेको छ ।बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा रहेको छ ।  यस बचत खातामा ब्द्यद्यक् को सुविधा उपलब्ध भएकोले जुनसुकै शाखाबाट पनि झिक्न÷राख्न मिल्नेसदस्यले ई–सेवा मार्फत पनि आवश्यक विवरण भरि बचत रकम जम्मा गर्न सक्नेसंस्थाले मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ

किसान लघुवित्तको नाफा २१ प्रतिशतले वृद्धि

काठमाडौ, ४ फागुन । किसान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४ करोड ५२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने २१ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा ३ करोड ७२ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज […]

विन लघुवित्तको खुद नाफा ७९.७० प्रतिशतले घट्यो

काठमाडौं, ३ फागुन । विन लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.७० प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ लाख ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन नाफा गत वर्षको भन्दा ७९.७० प्रतिशतले कम हो । यस्तै, खुद ब्याज आम्दानी भने ४.९१ प्रतिशतले बढ्दै २ करोड ३३ लाख रुपैयाँ पुगेको छ […]

महिला लघुवित्तको नाफा साढे ५० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १११ रुपैयाँ

महिला लघुवित्तको छ महिनाको नाफा सवाँ ८ करोड माथि पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म कम्पनीले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो वर्षको सोही अबधिको भन्दा ५०.५० प्रतिशतले बढी हो । लघुवित्तले गत वर्षको त्रैमासमा ५ करोड ४३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीले खुद ब्याज आम्दानी ४६.९६ प्रतिशतले बढाएर १४ करोड ४९ लाख ६० हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यसैअ

एनआइसी एसिया लघुवित्तको नाफा १२२ प्रतिशतले वृद्धि

एनआइसी एसिया लघुवित्तको नाफा अधिकतम १२२ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म अघिल्लो वर्षको भन्दा १२२.०८ प्रतिशतले नाफा वृद्धि गर्दै कुल ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले जम्मा १५ करोड ९७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  यस्तै समीक्षा अवधिमा कम्पनीले ब्याज आम्दानी ९०.१२ प्रतिशतले र सञ्चालन नाफा १८३.७३ प्रतिशतले वृद्धि गरेको छ । यता, खुद नाफामा उच्च सुधार भएका