एनआईसी एशिया लघुवित्तले २०७८ चैत्र २३ गतेबाट संस्थामा आवद्ध तथा सम्भाव्य सेवाग्राहीसदस्यहरुका लागी ‘सर्वश्रेष्ठ सबल बचत खाता’ सञ्चालनमा ल्याएको छ ।यस आतामा सेवाग्राहीहरूले १० प्रतिशत देखि १३ प्रतिशतसम्म ब्याज, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट, बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा समेत प्राप्त गर्न सक्नेछन् । सबल बचत खाताका बिशेषताहरु:सर्वश्रेष्ठ बचत खातामा बार्षक १० देखि १३ प्रतिशतसम्म बार्षिक व्याजदर कायम गरिएको छ । पाकेको ब्याज खातामा त्रैमासिक रुपमा जम्मा गरिन्छ । सेवा शुल्कमा कर्जा लगानी रकमको ०.२५ प्रतिशत ।बिना धितो कर्जामा कर्जाको व्याजदरमा ०.२५ प्रतिशत रहेको छ ।धितो कर्जामा कर्जाको व्याजदरमा ०.५० प्रतिशत छुट रहेको छ ।बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा रहेको छ । यस बचत खातामा ब्द्यद्यक् को सुविधा उपलब्ध भएकोले जुनसुकै शाखाबाट पनि झिक्न÷राख्न मिल्नेसदस्यले ई–सेवा मार्फत पनि आवश्यक विवरण भरि बचत रकम जम्मा गर्न सक्नेसंस्थाले मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ