ललितपुर १ मा उदय शमशेरको अग्रता, पछ्याउँदै नवराज

कांग्रेसका उदय शमशेर राणाले ११ हजार ७३९ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका नवराज सिलवालले ११ हजार १५४ मत पाएका छन् ।

सम्बन्धित सामग्री

ललितपुर १ मा कांग्रेसका उदय शमशेर राणा विजयी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शमशेर राणा विजयी भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन् । मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । सिलवाल २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए ।

ललितपुर–१ मा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा ललितपुर क्षेत्र नं १ मा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेकाे छ ।  अहिलेसम्म खसेका जम्मा मत ३८ हजार २३२ मध्ये नेपाली कांग्रेसका उदय शमशेर जबराले ८ हजार ५९७ मत पाउनुभएकाे छ । यस्तै उहाँका प्रतिद्वन्द्वी एमालेका नवराज सिलवाल ८ हजार ४३१ मत पाउनुभएकाे छ । दुवैबीच १६६ मतकाे अन्तर छ । अहिले ललितपुरकाे चापागाउँ १० र छप्पीमा मत गणना हुँदै छ ।

ललितपुर १ मा राणाले उछिने सिलवाललाई

६ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले अग्रता लिएका छन् । मतगणना सुरु भएदेखि नै नेकपा एमालेका उम्मेदवार नवराज सिलवालसँग पछि पर्दै आएका राणा पछिल्लो परिणाममा भने झिनो मत अन्तरले अगाडि आएका हुन् । राणाले ८५९७ मत प्राप्त गर्दा सिलवालले ८४३१ मत पाएका छन् । उनीहरुबीचको मत […]

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको सुरुवाती अग्रता

ललितपुर – ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ। ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् । नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन्। सिलवालले ६६७ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् । ललितपुर–२ मा नेकपा […]

ललितपुर १ मा नवराज सिलवालको अग्रता, पछ्याउँदै उदयशमशेर

एमालेका नवराज सिलवालले ६६७ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उदय शमशेर राणाले ४०१ मत पाएका छन् ।

ललितपुर १ र २ : पुरानै नेताहरुको प्रतिस्पर्धा, चुनावी नतिजाबारे आआफ्नै दाबी

२१ जना उम्मेदवार रहेको ललितपुर क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धा भने पुरानै अनुहारबीच हुने भएको छ । २०७४ सालको संसदीय चुनावमा आमनेसामने भएका एमालेका नवराज सिलवाल र कांग्रेसका उदय शमशेर राणा यसपटक पनि चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालको संसदीय चुनावमा वाम गठबन्धनका उम्मेदवार सिलवालले २६ हजार ९ सय ५१ मत ल्याएर विजयी हुनुभएको थियो । कांग्रेसका राणाले भने त्यस बेला २० हजार मत प्राप्त गर्नु भएको थियो । अहिले सिलवाल जित दोहोर्याउने दाउमा हुनुहुन्छ भने राणा २०७४ को बदला लिने सोचमा हुनुहुन्छ । सिलवाल त्यसबेला वाम...

चुनाव जितेपछि पनि सबै दललाई समेटेर अगाडि बढ्छुः उदय शमशेर

ललितपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले चुनावपछि पनि सत्ता गठबन्धनलाई साथमा लिएर जाने बताएका छन्। ललितपुरको चापागाउँमा आइतबार आयोजित कार्यक्रममा कांग्रेस नेता एवं ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाले गठबन्धनमा रहेका दलहरूलाई समान व्यवहार हुने बताएका हुन्। ‘अहिले हाम्रो गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी सबैलाई समेटेर अगाडि बढ्छु। सबै दलहरुलाई […]

ललितपुर–१ मा उदय शमशेर र नवराज सिलवालको दोस्रो रोचक भिडन्त

ललितपुर क्षेत्र नम्बर १ मा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि मुख्य दुई प्रतिस्पर्धी नवराज सिलवाल र उदय शमशेर राणा आमने–सामने भएका छन् । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा राणालाई पराजित गर्दै विजय हासिल गरेका सिलवाल पुनः उनलाई पराजित गर्ने ध्याउन्नमा छन् भने राणा सिलवालसँग बदला लिने रणनीतिमा छन् ।यी दुई उम्मेदवारबीच अहिले अघिल्लो निर्वाचनको समयभन्दा भन्दा ठीक विपरित राजनीतिक वातावरण सिर्जना हुन पुगेको छ । जतिबेला एमालेबाट उम्मेदवार बनेका सिलवालले माओवादीको साथ पा

एमाले भर्सेस गठबन्धन : ललितपुरका ३ वटा क्षेत्रमा को–को छन् उम्मेदवार ?

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ललितपुरको ३ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन भर्सेस एमालेबीच भिडन्त हुँदैछ । ललितपुर १ मा एमालेले नवराज सिलवाललाई उम्मेदवार बनाएको छ ।सिलवाल अघिल्लो निर्वाचनमा विजयी भएका थिए भने यो पटक उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका  उदय शमशेर राणासँग हुँदैछ । सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका गोपाल राज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दिप आचार्य, नेपाल मजदुर किसान पार्टीका कविन्द्र डंगोल, लोकतान्त्र

कांग्रेसका उदय शमशेर राणाले गराए ललितपुर–१ बाट उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका उदय शमशेर राणाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर–१ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन्। यसअघि २०७४ सालमा एमालेका उम्मेदवार नवराज सिलवालसँग उनी सोही क्षेत्रमा पराजित भएका थिए। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ।