कांग्रेसका उदय शमशेर राणाले गराए ललितपुर–१ बाट उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका उदय शमशेर राणाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर–१ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन्। यसअघि २०७४ सालमा एमालेका उम्मेदवार नवराज सिलवालसँग उनी सोही क्षेत्रमा पराजित भएका थिए। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ।