आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ललितपुरको ३ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन भर्सेस एमालेबीच भिडन्त हुँदैछ । ललितपुर १ मा एमालेले नवराज सिलवाललाई उम्मेदवार बनाएको छ ।सिलवाल अघिल्लो निर्वाचनमा विजयी भएका थिए भने यो पटक उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उदय शमशेर राणासँग हुँदैछ । सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका गोपाल राज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दिप आचार्य, नेपाल मजदुर किसान पार्टीका कविन्द्र डंगोल, लोकतान्त्र