काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा ललितपुर क्षेत्र नं १ मा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेकाे छ ।
अहिलेसम्म खसेका जम्मा मत ३८ हजार २३२ मध्ये नेपाली कांग्रेसका उदय शमशेर जबराले ८ हजार ५९७ मत पाउनुभएकाे छ । यस्तै उहाँका प्रतिद्वन्द्वी एमालेका नवराज सिलवाल ८ हजार ४३१ मत पाउनुभएकाे छ । दुवैबीच १६६ मतकाे अन्तर छ । अहिले ललितपुरकाे चापागाउँ १० र छप्पीमा मत गणना हुँदै छ ।