ललितपुर १ र २ : पुरानै नेताहरुको प्रतिस्पर्धा, चुनावी नतिजाबारे आआफ्नै दाबी

२१ जना उम्मेदवार रहेको ललितपुर क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धा भने पुरानै अनुहारबीच हुने भएको छ । २०७४ सालको संसदीय चुनावमा आमनेसामने भएका एमालेका नवराज सिलवाल र कांग्रेसका उदय शमशेर राणा यसपटक पनि चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालको संसदीय चुनावमा वाम गठबन्धनका उम्मेदवार सिलवालले २६ हजार ९ सय ५१ मत ल्याएर विजयी हुनुभएको थियो । कांग्रेसका राणाले भने त्यस बेला २० हजार मत प्राप्त गर्नु भएको थियो । अहिले सिलवाल जित दोहोर्याउने दाउमा हुनुहुन्छ भने राणा २०७४ को बदला लिने सोचमा हुनुहुन्छ । सिलवाल त्यसबेला वाम...

सम्बन्धित सामग्री

ललितपुर–१ बाट कांग्रेसका उदय शमशेरको उदय

नेपाली कांग्रेसका युवा नेतामध्येमा गनिने उदय उदयशम्शेर राणाले ललितपुर–१ बाट प्रतिनिधि सभा सदस्यमा जित हाँसिल गर्नुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई चार हजार ६१४ मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । राणाले २३ हजार ८९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका सिलवालले १९ …

ललितपुर-१ मा नवराज सिलवाललाई हराउँदै कांग्रेसका उदयशमशेर राणा निर्वाचित

काठमाडौं, ७ मंसिर । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा (एमाले) का नवराज सिलवाललाई पराजित गरेका हुन् । सिलवाल ०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले अहिले विजयी भएका राणलाई नै हराएका थिए ।

ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

७ मंसिर, काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।

ललितपुर-१ मा कांग्रेस र ३ मा स्वतन्त्रको अग्रता

ललितपुर - ललितपुर-१ मा नेपाली कांग्रेसका उदय शम्शेर जबराले एमालेका नवराज सिलवाललाई १ सय ६६ मतले पछि पार्नुभएकाे छ ।  कांग्रेसका राणाले आठ हजार पाँच सय ९७ मत ल्याउनु भएको छ भने एमालेका सिलवालले आठ हजार चार सय ३१ मत ल्याउनु भएको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले नौ सय ३७ मतले नेकपा एमालेका अमृत खड्कालाई पछि पार्दै अग्रता कायमै राख्नु भएको हो । यस क्षेत्रको नौ हजार सात सय ४३ मत गणना गर्दा स्वतन्त्रकी उम्मेदवार कार्कीले तीन हजार आठ सय ९...

ललितपुर–१ मा सिलवालको फराकिलो अग्रता

ललितपुर–१ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेट अनुसार सिलवालले २ हजार ९४३ मत प्राप्त गरेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी उदयशमशेर राणाले १ हजार ६८० मत ल्याएका छन् ।

ललितपुर १ मा सिलवालको अग्रता कायमै, डा सचिन घिमिरे तेस्रोमा

ललितपुर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता कायमै राखेका छ।

ललितपुर–१ मा एमालेको अग्रता कायमै, पछ्याउदै कांग्रेस

काठमाडौं, ५ मंसिर । ललितपुर १ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार नवराज सिलवालले २३ सय ८४ मत गणना हुँदा १२९५ मत ल्याएर अगता लिइरहेका छन् । उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले ७०५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १७९ मत प्राप्त गर्दा राप्रपाको उम्मेदवार ९५ मत […]

ललितपुर-१ मा यो पटक पनि नवराज सिलवाल भर्सेस उदय राणा

काठमाडौं : नेकपा एमालेका नेता नवराज सिलवालले प्रतिनिधिसभा ललितपुर-१ बाट उम्मेदवारी दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले प्रदेशसभा सदस्य उम्मेदवारहरुसँगे मनोनयनपत्र दर्ता गराएका हुन्। पूर्व प्रहरी सिलवाल २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।   सत्तारुढ गठबन्धनका तर्फबाट भने ललितपुर-१ बाट नेपाली कांग्रेसका नेता उदयशमेर राणा उम्मेदवार…

कांग्रेसका उदय शमशेर राणाले गराए ललितपुर–१ बाट उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका उदय शमशेर राणाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर–१ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन्। यसअघि २०७४ सालमा एमालेका उम्मेदवार नवराज सिलवालसँग उनी सोही क्षेत्रमा पराजित भएका थिए। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ।

कांग्रेस महाधिवेशन : ललितपुर १ मा थिङ सभापतिमा विजयी

चापागाँउ – नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ निर्वाचित भएका छन् । विजयी थिङले ३ सय ५२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी रामकृष्ण लामा (इन्द्र)ले २ सय ४६ मत मात्र पाए । ललितपुरको बज्रवाराहीमा आज मंगलबार बिहाज सार्वजनिक मतपरीणम अनुसार महाधिवेशन प्रतिनिधिमा थिङको प्यानलले लगभग क्लिनस्विप गरेको छ । अर्को प्यानलबाट मधुराप्रसाद […]