ललितपुर १ मा कांग्रेसका उदय शमशेर राणा विजयी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शमशेर राणा विजयी भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन् । मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । सिलवाल २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए ।

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको २२ ठाउँको नतिजा सार्वजनिक : कहाँ कसले जिते ?

काठमाण्डौ -  प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले एक, एक ठाउँमा जित हासिल गरेका छन् । कसले कहाँ जिते : नेपाली कांग्रेस : काठमाण्डौ १०–राजेन्द्र केसी पर्सा ४–रमेश रिजाल सुर्खेत २–ह्दयराम थानी तनहुँ २ – शंकर भण्डारी डडेलधुरा – शेरबहादुर देउवा ललितपुर १ – उदय शमशेर राणा काठमाण्डौ ४ – गगनकुमार थापा रसुवा &ndash...

ललितपुर १ र २ : पुरानै नेताहरुको प्रतिस्पर्धा, चुनावी नतिजाबारे आआफ्नै दाबी

२१ जना उम्मेदवार रहेको ललितपुर क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धा भने पुरानै अनुहारबीच हुने भएको छ । २०७४ सालको संसदीय चुनावमा आमनेसामने भएका एमालेका नवराज सिलवाल र कांग्रेसका उदय शमशेर राणा यसपटक पनि चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालको संसदीय चुनावमा वाम गठबन्धनका उम्मेदवार सिलवालले २६ हजार ९ सय ५१ मत ल्याएर विजयी हुनुभएको थियो । कांग्रेसका राणाले भने त्यस बेला २० हजार मत प्राप्त गर्नु भएको थियो । अहिले सिलवाल जित दोहोर्याउने दाउमा हुनुहुन्छ भने राणा २०७४ को बदला लिने सोचमा हुनुहुन्छ । सिलवाल त्यसबेला वाम...

ललितपुर–१ मा उदय शमशेर र नवराज सिलवालको दोस्रो रोचक भिडन्त

ललितपुर क्षेत्र नम्बर १ मा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि मुख्य दुई प्रतिस्पर्धी नवराज सिलवाल र उदय शमशेर राणा आमने–सामने भएका छन् । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा राणालाई पराजित गर्दै विजय हासिल गरेका सिलवाल पुनः उनलाई पराजित गर्ने ध्याउन्नमा छन् भने राणा सिलवालसँग बदला लिने रणनीतिमा छन् ।यी दुई उम्मेदवारबीच अहिले अघिल्लो निर्वाचनको समयभन्दा भन्दा ठीक विपरित राजनीतिक वातावरण सिर्जना हुन पुगेको छ । जतिबेला एमालेबाट उम्मेदवार बनेका सिलवालले माओवादीको साथ पा