लमजुङ : बेसीशहर नगरपालिका–१ उदिपुरमा रहेको गाईखुरे झरनामा जान जिल्ला प्रशसान कार्यलयले रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण जोखिमका समयमा पनि आन्तरिक पर्यटकको घुइँचो लागेको भन्दै प्रशासनले सर्वसाधरणलाई झरनामा जान रोक लगाएको हो। आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेकाले थप संक्रमण हुन नदिन उच्च सतर्कता अपनाउँदै झरनामा भीडभाड हुन नदिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए। प्रशासन कार्यलयले झरनामा जान रोक लगाउनुको साथै विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन