बैतडी : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हिन्दु महिलाहरूको चाड तीज मनाउन स्थानीय प्रशासनले रोक लगाएको छ।जिल्ला प्रशासन कार्यालय बैतडीले आज एक सूचना जारी गर्दै गौरामा भिडभाड नगर्न आग्रह गरेको हो। कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गौराको समयमा भिडभाड नगरेर मनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए। भिडभाड नगरी मनाउने गौरामा सबैलाई स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अपनाउन आग्रह गरिएको छ। गौरा पर्व, जात्रा, तीज तथा भिडभाड हुने कुनै प