महाकाली छेउको ‘भाइरल रोड’मा घुम्न स्थानीय प्रशासनको रोक

९ भदौ, धनगढी ।‘भाइरल रोड’ का नामले चर्चामा आएको कञ्चनपुरको महाकाली नदी छेउको सडकमा घुम्न रोक लगाइएको छ । महाकाली नदीमा निर्माणाधिन मोटेरेबल पुललाई जोड्ने पहुँच मार्गका रुपमा रहेको ६ लेनको पक्की सडकमा भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालयले घुम्नमा रोक लगाउने निर्णय गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले रोडमा बढ्दो भीडभाडका कारण […]