जिल्ला प्रशासन कार्यालय ललितपुरले रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
बुधवारको जिल्ला कोरोना भाइरस विपद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले राति ११ बजेपछि व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बैठकका निर्णयबारे जानकारी गराउँदै क्वारेन्टीन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्णय भएको जनाएका छन् ।
भारतमा कोरोनाको मृत्युदर बढ्दै गएको र नेपालमा समेत संक्रमण पुनः बढेकाले संक्रमण बढ्न नदिन बैठकले केही मापदण्ड निर्धारण ग...