जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जिल्लाका एक सय ५२ घर परिवारलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष सिफारिस गरेको छ । बाढी र पहिरोबाट विस्थापितलाई पुनःस्थापनाका लागि समितिले सो सिफारिस गरेको हो ।सिरिजङ्गा गाउँपालिकामा एक सय १७ र सिदिङ्वा गाउँपालिकामा ३५ घरधुरी परिवारलाई पुनःस्थापनाका लागि प्राधिकरण समक्ष सिफारिस गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका विभिन्न गाउँम