काठमाण्डाै – मधेशी आयोगले १ सय ४९ वटा जात र मुस्लिम–थारुलाई मधेशीको रुपमा परिभाषित गर्न वार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १ सय ४९ वटा जात र २ हजार २ सय भन्दा धेरै थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको हो ।
आयोगले आफ्नो प्रतिवेदनमार्फत चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेश प्रदेशका आठ जिल्लालाई सुक्खा क्ष...