लमजुङे ठाडो भाका संरक्षक एवं संवर्द्धक देवबहादुर गुरुङ (देवी गुरुङ) को ९१ वर्षमा सोमबार निधन भएको छ । ठाडोभाका शिरोमणि दीर्घराज अधिकारी (भेडीखर्क साइँला) सँगै ठाडो भाका संरक्षण र संवर्द्धनमा जुटेका गुरुङको उपचारका क्रममा काठमाडौंस्थित ग्रीन सिटी अस्पतालमा निधन भएको हो ।