कोरोना संक्रमणबाट नेपाल प्रहरीका असइको निधन

काठमाडौं। कोरोना संक्रमणबाट एक नेपाल प्रहरीका सहायक निरीक्षक (असइ) को निधन भएको छ। नेपाल प्रहरी अस्पतालमा उपचाररत असइ देवी पुरीको निधन भएको हो। महानगरीय अपराध महाशाखाका कार्यरत असई पुरी कोरोना संक्रमणपछि एकसाता अघि महाराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना भएका थिए।

सम्बन्धित सामग्री

कोरोना संक्रमण भएका कलाकार शम्भुराज थापा 'बखते' को निधन

काठमाडौंः कलाकार शम्भुराज थापाको निधन भएको छ। कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए। तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गर्दै आएका थिए। उनी पछिल्लो समय मेरी बास्सै, भद्रगोल,…

कोरोना संक्रमणबाट ११ दिनकी सुत्केरीको निधन

पाँचथर– कोरोना संक्रमणका कारण पाँचथरको कुम्मायक गाँउपालीका–५ कि दश दिनकि सुत्केरी महिलाको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्थायी कोभिड अस्पतालमा पाँचथरमा उपचार हुन नसकेपछि उनलाई झापाको विर्ता सिटी अस्पताल लगिएको थियो ।...

कोरोना संक्रमणबाट डाक्टर रजौरियाको निधन

काठमाडाैं : कोरोना संक्रमणका कारण जनरल फिजिसियन डा. पशुपति रजौरियाको निधन भएको छ।ग्राण्डी अस्पतालमा उपचाररत डा. रजौरियाको बुधबार राति निधन भएको नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालले जानकारी दिए। रजौरियालाई करिब २० दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो। तर, उनको स्वास्थ्य अवस्था थप जटिलता देखिएपछि काठमाडौं ल्याइएको थियो।डा. रजौरियाको लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको रिर्पोट भने नेगेटिभ आइसकेको थियो। डा.रजौरिया ८

कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक दाहालको निधन

ओखलढुंगा । कोरोना संक्रमणबाट पूर्वमहालेखा परीक्षक खेमप्रसाद दाहालको निधन भएको छ । कटुञ्जे स्थायी ठेगाना भएका ६६ वर्षीय दाहालको आज साँझ राजधानीस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दाहाललाई कोरोना संक्रमण भएपछि आठ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका सल्लाहअनुसार भारतबाट खोपसहित औषधि ल्याइए पनि प्रयोग गर्न नपाउँदै दाहालको निधन […]

कोरोना संक्रमणबाट एमाले नेता योगनारायण यादवको निधन

धनुषा। नेकपा एमालेका नेता योगनारायण यादवको कोरोना संक्रमणका कारण निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले पुष्टि गरेको छ। नेता यादव मिर्गौला रोगबाट पीडित थिए।अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहका बेला कोरोना संक्रमण भएको थियो। उनी प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिन्थे। एमालेबााट धनुषाका प्रभावशाली नेतामध्येका एक रहेको एमाले नेताहरुले बताएका छन्।

न्याय परिषद सदस्य निरालाको कोरोना संक्रमणबाट निधन

काठमाडौं, २१ बैशाख । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन भएको छ । निरालाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । कोरोना संक्रमण भएपछि उनी बैशाख १० गते काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारार्थ थितए । उनको आज मंगलबार विहान निधन भएको हो ।file photo

५५० जना पत्रकारलाई कोरोना संक्रमण, सात जनाको मृत्यु

काठमाडौं : नेपाल पत्रकार महासंघका अनुसार ५५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। महासंघका महासचिव रोशन पुरीले सोमवार विज्ञप्ति निकाल्दै संक्रमणको दोस्रो लहरसंगै संक्रमितमध्ये सात जना पत्रकारको निधन भएको जनाए। सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ। 'महासंघमा अभिलेखभएअनुसार हालसम्म ५…

भारतीय पत्रकार रोहित सरदानाको निधन, एक हप्ता अघि देखिएको थियो कोरोना संक्रमण

भारतीय पत्रकार रोहित सरदानाको निधन भएको छ। एक साता अघि उनमा कोरोना संक्रमण देखिएपछि मेट्रो अस्पतालमा उपचार भइरहेको थियो। आज बिहान हृदयघात भएर उनको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। भारतीय न्यूज च्यानल आजतकमा उनले विभिन्न टकशोहरु संचालन गर्दै आएका थिए। आजतक अघि उनले जी न्यूजमा टकशो संचालन गरेका थिए।…

भारतीय प्रधानमन्त्री मोदीलाई पारिवारिक शोक, कोरोना संक्रमणबाट काकीको निधन

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको कोरोना संक्रमणका कारण निधन भएको छ । प्रधानमन्त्री मोदीकी काकी नर्मदाबेन मोदीको मंगलबार संक्रमणका कारण निधन भएको हो । नर्मदाबेन मोदीलाई कोरोना संक्रमण भएपछि अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको थियो ।उनको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । मोदीका कान्छा भाई प्रल्हाद मोदीले बीबीसीसँग कुरा गर्दै नर्मदाबेनको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् । नर्मदाबेनका पति जगजीवनको भने केही वर्षअघि नै निधन भैसकेको छ । जगज

कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

काठमाडौं : कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ। सिद्दिकीको शनिबार भेरी अस्पताल नेपालगञ्जमा निधन भएको अस्पतालले जनाएको छ।नेपालगञ्ज–३ निवासी ६५ वर्षीय सिद्दिकीको बेलुकी साढे सात बजे उपचारका क्रममा निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए। थापाका अनुसार सिद्दिकीलाई चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएदेखिनै अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो।उनलाई मधुमेहको समस्या रहेको डा. थापाले बताए। २०३६ सालदेखि प