कार्यपालिका सदस्यको निधनमा सन्धिखर्कमा शोक बिदा

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाकी कार्यपालिका सदस्य सरस्वती देवी रानाभाटको निधनमा पालिकाले शाेक बिदा दिएकाे छ । सन्धिखर्क नगरपालिका–१० गच्छेगैराकी नगर कार्यपालिकाकी सदस्य तथा वडा सदस्य रानाभाटको आज बुधवार निधन भएको हो । रानाभाटकाे निधनमा भाेलि बिहीवार एक दिनका लागि नगरपालिकाले शोक बिदा दिने निर्णय गरेको छ ।  सन्धिखर्कभित्रका वडा कार्यालय, शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरू बन्द गरी शोक मनाइने निर्णय भएकाे नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताउनुभयो । भोलि बिह...

सम्बन्धित सामग्री

कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा आज शोक बिदा

कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले आज शोक बिदा दिएको छ । बाणगङ्गा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तीको शनिबार निधन भएपछि आज शोकमा विदा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले  कार्यालय, वडा कार्यालय, नगर भित्रका सरकारी तथा निजी विद्यालय, स्वास्थ्य कार्यालय,कृषि तथा पशु कार्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।उनले यस्तै एम्बुलेन्स, दमकल जस्ता अति आवश्यक सेवा भने  प्रवाह गर्ने बताए । नगरपालिको वडा नम्बर १० की वडा सदस्य दामु