जीतपुरसिमराकी नगर कार्यपालिका सदस्य रामपती देवीको निधन

बारा – जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको निधन भएको छ। पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको शुक्रवार निधन भएको हो। जीतपुरसिमरा १४ स्थित रजघट्टाबाट अल्पाइन अस्पताल ल्याउने क्रममा बाटोमा उनको निधन भएको वडाध्यक्ष चयन मगरले जानकारी दिइन्। अस्पताल लगेलगत्तै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए। […]

सम्बन्धित सामग्री

कार्यपालिका सदस्यको निधनमा सन्धिखर्कमा शोक बिदा

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाकी कार्यपालिका सदस्य सरस्वती देवी रानाभाटको निधनमा पालिकाले शाेक बिदा दिएकाे छ । सन्धिखर्क नगरपालिका–१० गच्छेगैराकी नगर कार्यपालिकाकी सदस्य तथा वडा सदस्य रानाभाटको आज बुधवार निधन भएको हो । रानाभाटकाे निधनमा भाेलि बिहीवार एक दिनका लागि नगरपालिकाले शोक बिदा दिने निर्णय गरेको छ ।  सन्धिखर्कभित्रका वडा कार्यालय, शिक्षण संस्था तथा स्वास्थ्य संस्थाहरू बन्द गरी शोक मनाइने निर्णय भएकाे नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताउनुभयो । भोलि बिह...

कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा आज शोक बिदा

कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले आज शोक बिदा दिएको छ । बाणगङ्गा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तीको शनिबार निधन भएपछि आज शोकमा विदा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले  कार्यालय, वडा कार्यालय, नगर भित्रका सरकारी तथा निजी विद्यालय, स्वास्थ्य कार्यालय,कृषि तथा पशु कार्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।उनले यस्तै एम्बुलेन्स, दमकल जस्ता अति आवश्यक सेवा भने  प्रवाह गर्ने बताए । नगरपालिको वडा नम्बर १० की वडा सदस्य दामु

वडा अध्यक्ष यादवको मृत्यु

सिराह – सिरहाको गोलबजार नगरपालिका–११ का वडाअध्यक्ष रामदेव यादवको निधन भएको छ। मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो। गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए। उनलाई थप उपचारको लागि धरान र्पुयाइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए। […]

सिरहा गोलबजार ११ का वडा अध्यक्षको मृत्यु

सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा  बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्‍याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए ।उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

देवानगञ्जका कार्यपालिका सदस्य शर्माको निधन

सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यपालिका सदस्य नरेश शर्माको मंगलवार निधन भएको छ । देवानगञ्ज तीन घर निवासी सदस्य शर्माको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए । स्व. शर्माप्रति कांगे्रसका जिल्ला सभापति तथा १ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहता, जिल्ला सचिव भण्डारी, देवानगञ्ज गाउँ सभापति जगधर यादवलगायतले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिए ।

देवानगञ्ज गाउँपालिका कार्यपालिका सदस्य नरेश शर्माको निधन

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यपालिका सदस्य नरेश शर्माको आज निधन भएको छ । देवानगञ्ज तीन घर निवासी सदस्य शर्माको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए ।