असम–मिजोरम सीमामा संघर्ष, असम प्रहरीका ६ जवानको मृत्यु

बीबीसी।भारतका दुई राज्य असम र मिजोरम सीमामा संघर्ष हुँदा असम प्रहरीका ६ जना प्रहरी जवानको मृत्यु भएको छ।असमका मुख्यमन्त्री हिम्मत विस्व सरमाले उक्त घटनाको पुष्टि गरेका हुन्। “अमस–मिजोरम सीमामा हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्ने क्रममा असम प्रहरीका बहादुर ६ जवानको मृत्यु भएको छ”, मुख्यमन्त्रीले ट्वीटरमा लेखेका छन्। असम–मिजोरम सीमामा प्रहरी र आम नागरिकबीच झडप हुँदा गोली चलेको थियो।

सम्बन्धित सामग्री

असममा विषालु च्याउ खाँदा ३५ जना बिरामी, १३ को मृत्यु

असममा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ । असम मेडिकल कलेज एन्ड हस्पिटल (एएमसीएच) का सुपरिटेन्डेन्ट डा. प्रशान्त दिहिंगियाले माथिल्लो असमका चार जिल्लामा विषालु च्याउ खाँदा पछिल्लो दुई दिनमा १३ जनाको मृत्यु भएको छ ।डा. दिहिंगियाले जानकारी दिँदै भने, ‘पछिल्लो पाँच दिनमा एएमसीएचमा माथिल्लो असमका चराइदेव, डिब्रुगढ, शिवसागर र तिनसुकिया जिल्लामा विषालु च्याउ खाँदा बिरामी भएका ३५ बिरामीलाई भर्ना गरिएको थियो जसमध्ये १३ बिरामीको मृत्यु भएको छ ।’उनले भने, ‘सोमबार चारजनाको मृ

भारतमा अज्ञात समूहले गरे सात ट्रकमा आगजनी, पाँच चालकको मृत्यु

भारतको असम राज्यको दिमा हसाओ जिल्लास्थित दियुंगबरानजिक अज्ञात समूहले सातवटा ट्रकमा आगजनी गरेको छ।यीमध्ये पाँचवटा ट्रकका चालकको जलेर मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।  रिपोर्टअनुसार आगजनी पहिले धेरैपटक फायरिङ गरिएको थियो। घटना गुवाहटीबाट २०० किलोमिटर टाढा भएको थियो।

असम मिजोरम तनाव : प्रहरीले दर्ता गर्‍यो असमका मुख्यमन्त्रीविरुद्ध मुद्दा

असम र मिजोरमबिचको सीमा विवादका कारण केहीदिनयता हिंसा भड्किएको छ। सोमवार भएको हिंसामा असमका ६ जना प्रहरीको मृत्यु भएको थियो। त्यसयता दुई राज्यबिच विवाद झन् चर्किएको छ। दुवै राज्यले हिंसा भड्काएकोमा आरोपप्रत्यारोप गरिहेका छन्।  यसबिच मिजोरम प्रहरीले असमका मुख्यमन्त्री हिमन्त बिस्वको विरुद्ध मुद्दा दर्ता गरेको छ। मुख्यमन्त्रीसँगै असमका प्रहरी प्रमुख,…

भारत : असम र मिजोरमका प्रहरीबीच गोली हानाहान हुँदा मर्नेको संख्या ७ पुग्यो

भारतको पूर्वोत्तरमा रहेका राज्यहरू असम र मिजोरमका प्रहरी बलबीच यसै साता भएको गोली हानाहानमा परी मर्ने प्रहरीको संख्या सात पुगेको छ ।  यी दुई राज्यको सीमाका विषयमा विवाद छ र त्यसैक्रममा गोली हानाहान भएको हो ।  छैटौं असम प्रहरी बटालियनका श्यामप्रसाद दुसात पेटमा गोली लागेर भएको घाउका कारण सिलचार मेडिकल कलेज हस्पिटलमा बितेको असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले ट्वीट लेखेर बताए ।  सोमवार भएको हिंस्रक भिडन्तमा पाँचजना प्रहरी र एक सर्वसाधारणको मृत्यु भएको थियो ।  कचारका एसपी सहित ५० अन्य घट...

भारतका असम र मिजोरम राज्यको सीमामा झडप, ६ प्रहरीको मृत्यु

भारतका असम र मिजोरम राज्यको सीमामा दङ्गा भड्किदा ६ प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा असम राज्यकातर्फका प्रहरी रहेका छन् । असमका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको बताएका छन् ।मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्- ‘मलाई ठुलो चोट लागेको छ । असम पुलिसका ६ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन् । मारिएका प्रहरी जवानका परिवारप्रति संवेदना छ ।&rsquo

भारतको असम प्रहरीमाथि फेक इन्काउन्टरको आरोप

एजेन्सी। भारतको असम राज्यको प्रहरीमाथि फेक इन्काउन्टरको आरोप लागेको छ। राज्यमा ४० दिनमा २० वटा इन्काउन्टरका घटना घटेका छन्। यसबिच प्रहरीको गोलीबाट १३ जनाको मृत्यु भएको छ भने १० जना घायल भएका छन्। राज्यका सांसद अमीनुल इस्लामले इन्काउन्टरमार्फत अल्पसंख्यकलाई निशाना बनाएको बताएका छन्। यता मुख्यमन्त्री हेमन्त विश्वा शर्माले भने इन्काउन्टरलाई साथ दिएका छन्।