नागाल्याण्डको मोन जिल्लामा सुरक्षा बलको फायरिङमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । उग्रवादी संगठन एनएससीएनसँग जोडिएको आशङ्कामा सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोली चलाएको बताइएको छ ।घटनापछि सो क्षेत्रमा हिंसा फैलिएको छ । सुरक्षाकर्मी र स्थानीयबीच हिंस्रक झडप भएको छ । असम राइफल्सका अधिकारीहरूका अनुसार घटनामा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् । यसमध्ये एक सैनिक गम्भीर रूपमा घाइते भएको र उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । यस घटनाबारे कोर्ट अफ इन्क्वायरी गठन गर्न आदेश दिइएको छ ।मिडिया रिपोर