भारतका असम र मिजोरम राज्यको सीमामा झडप, ६ प्रहरीको मृत्यु

भारतका असम र मिजोरम राज्यको सीमामा दङ्गा भड्किदा ६ प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा असम राज्यकातर्फका प्रहरी रहेका छन् । असमका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको बताएका छन् ।मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्- ‘मलाई ठुलो चोट लागेको छ । असम पुलिसका ६ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन् । मारिएका प्रहरी जवानका परिवारप्रति संवेदना छ ।&rsquo

सम्बन्धित सामग्री

असम मिजोरम तनाव : प्रहरीले दर्ता गर्‍यो असमका मुख्यमन्त्रीविरुद्ध मुद्दा

असम र मिजोरमबिचको सीमा विवादका कारण केहीदिनयता हिंसा भड्किएको छ। सोमवार भएको हिंसामा असमका ६ जना प्रहरीको मृत्यु भएको थियो। त्यसयता दुई राज्यबिच विवाद झन् चर्किएको छ। दुवै राज्यले हिंसा भड्काएकोमा आरोपप्रत्यारोप गरिहेका छन्।  यसबिच मिजोरम प्रहरीले असमका मुख्यमन्त्री हिमन्त बिस्वको विरुद्ध मुद्दा दर्ता गरेको छ। मुख्यमन्त्रीसँगै असमका प्रहरी प्रमुख,…