भारतको असम प्रहरीमाथि फेक इन्काउन्टरको आरोप

एजेन्सी। भारतको असम राज्यको प्रहरीमाथि फेक इन्काउन्टरको आरोप लागेको छ। राज्यमा ४० दिनमा २० वटा इन्काउन्टरका घटना घटेका छन्। यसबिच प्रहरीको गोलीबाट १३ जनाको मृत्यु भएको छ भने १० जना घायल भएका छन्। राज्यका सांसद अमीनुल इस्लामले इन्काउन्टरमार्फत अल्पसंख्यकलाई निशाना बनाएको बताएका छन्। यता मुख्यमन्त्री हेमन्त विश्वा शर्माले भने इन्काउन्टरलाई साथ दिएका छन्।

सम्बन्धित सामग्री

भारत : प्रहरी कार्यालयमा आगजनी, २१ जना पक्राउ

असम प्रहरीले शनिबार नौगाउँ जिल्लाको बटद्वा प्रहरी चौकीमा तोडफोड र आगजनी गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।यी सबै अभियुक्तहरूमाथि ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेको पनि आरोप छ ।वास्तवमा शनिबार सलानीबारी गाउँका ३९ वर्षीय माछा विक्रेता सफिकुल इस्लामको प्रहरी हिरासतमा मृत्यु भएको बताइएको छ । त्यसपछि उनको गाउँका आक्रोशित भीडले बतद्राव प्रहरी चौकीमा आक्रमण गरेका थिए ।प्रहरी चौकीमा भएको आक्रमणका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् जसमा हिंसात्मक भीडले प्रहरीको गाडीमा आगजनी

भारतको असम राज्यका मुख्यमन्त्रीविरुद्ध मुद्दा दायर

काठमाडौं। भारतको असम राज्यका मुख्यमन्त्री हिमन्त विश्व शर्माविरुद्ध मिजोरम क्षेत्र प्रहरीले मुद्दा दायर गरेको छ। मुख्यमन्त्री शर्मा विरुद्ध हत्याको कोसिस र आपराधिक कार्यमा संलग्न रहेको आरोप लागेको हो। प्रहरीले गत सोमबार राती कोलासिब जिल्लामा मुद्दा दायर गरेको हो। शर्माले आफूमाथि दायर मुद्दालाई लिएर निष्पक्ष रूपमा छानबिन गर्न सहयोग गर्ने बताएका छन्।

असमले आर्थिक नाकाबन्दी गरेको भन्दै मिजोरमले गुहार्‍यो भारतको केन्द्र सरकार

तीन दिनअघि असम र मिजोरमको सीमा क्षेत्रमा झडप हुँदा असम प्रहरीका ६ जनाले ज्यान गुमाएका थिए। उक्त घटनापछि असमले नाकाबन्दी गरेको मिजोरमको आरोप छ।

पश्चिम बंगाल र असम चुनावमा चीनले प्रभाव पार्न खोजेको आरोप

एजेन्सी। कतिपय भारतीय मिडियाले हालै असम र पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनमा चीनले प्रभाव पार्न खोजेको आरोप लगाएका छन्। चीन वामपन्थको गढ भएकाले भारतका ती क्षेत्रमा पनि कम्युनिस्टलाई जिताउन अप्रत्यक्ष आर्थिक मद्दतसमेत गरेको मिडियाको आरोप छ। पश्चिम बंगालमा वामपन्थीका तीन पार्टी मिल्दा केवल पाँच प्रतिशत भोट आएको थियो। त्यसपछि भने मिडियाले चीनको चाहना पूरा हुन नसकेको उल्लेख गरेका छन्।