एजेन्सी।भारतका दुई राज्य असम र मिजोरमबीच सीमा विवादलाई लिएर दुई देशबीच हुने जस्तो तनाव सिर्जना भएको छ।तनाव बढेपछि असमले मिजोरम सीमामा ४ हजार सैनिक तैनाथ गर्ने निर्णय गरेको छ।असार ११ गते असम–मिजोरम सीमामा संघर्ष हुँदा असमका ५ प्रहरीको मृत्यु भएको थियो।दुई राज्यबीचको तनाव कम गर्न केन्द्र सरकारका गृहसचिव अजय कुमार भल्लाले आज असम र मिजोरमका मुख्यसचिवको बैठक बोलाएका छन्।