विदेशमा नेपाली कोमामा पुग्ने कारण खोज्दै सरकार : स्वदेश ल्याएर उपचार गर्ने तयारी

काठमाडौं – सरकारले रोजगारीका लागि विदेश गएका कामदार कोमामा पुग्ने कारण अध्ययनका लागि विज्ञ टोली गठन गर्ने भएको छ ।  विभिन्न देशका अस्पतालमा कोमामा उपचार गराइरहेका नेपालीको तथ्याङ्क संकलन भैरहेको र के कारणले नेपाली कामदार कोमामा जाने अवस्था आयो भन्ने विषयमा अध्ययन गर्न विशेषज्ञ टोली गठन गर्न लागिएको हो ।&nb...

सम्बन्धित सामग्री

इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाहको स्वागतमा महानगरपालिकाको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाहरुको स्वागत, सम्पदा मार्ग, जात्रा तथा छिमेकी नगरको अवलोकन भ्रमण, विदाइजस्ता क्रियाकलापसँग सम्बन्धित काम गर्नका विभागीय प्रमुखहरुको संयोजकत्वमा ६ वटा समिति गठन गरेको छ ।  जसमा अतिथि स्वागत एवं सत्कार समितिको संयोजकमा महेश काफ्ले, कार्यक्रम पुस्तिका, उपहारलगायत सामग्री तथा प्रतिवेदन समितिको संयोजकमा दिपक अधिकारी, सुरक्षा एवं भ्रमण व्यवस्थापन समितिको संयोजक राजुनाथ पाण्डे संयोजक छन्।  यसैगरी मञ्च तथा औपचारिक कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा डा. शिवराज अधिकारी, मिडिया व्यवस्थापन एवं प्रचार प्रसार समितिको संयोजकमा नमराज ढकाल, खानपान र जिन्सी व्यवस्थापन समितिमा रविनमान श्रेष्ठ संयोजक छन्।  मानिसहरुले मौलिक प्रविधि, सिप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न आमन्त्रणा गरिएको हो । पाहुनाहरुको स्वागतमा महानगरपालिकाले बुधवार रात्री भोजको आयोजना गरेको थियो । असोज ६ गते विहान १० बजेर ३९ मिनेटमा लिङ्गोलाई नगर प्रवेश गराइनेछ । ९ गते विहान १० बजेर ३७ मिनेटमा इन्द्रध्वजोत्थान गरिनेछ । ११ गते विहीबार तल्लो टोलमा र १२ गते शुक्रबार माथिल्लो टोलमा कुमारी रथयात्रा हुनेछ । असोज १५ गते सोमबार नानिचा यात्रा हुनेछ । सोही दिन साँझ ८ बजेर १५ मिनेटको साइतमा इन्द्रध्वज पतन गराएपछि यस बर्षका लागि इन्द्रजात्रा समापन हुनेछ ।  कुमारीको रथ सजाउँदै कलाकार  काठमाडौँ महानगरसँग देशभित्रका ५ वटा नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भइसकेको र २ वटा पालिकासँग सम्बन्ध स्थापना गर्ने निर्णय भइसकेको छ । सम्झौता गरेर सम्बन्ध स्थापना भइसकेका पालिकाहरुमा कोशी प्रदेश, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका, बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, नगरपालिका, लुम्बिनी प्रदेशको नवलपरासी वर्दाघाट पश्चिमको रामग्राम नगरपालिका, कर्णाली प्रदेश, जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका र सुदुरपश्चिम प्रदेश, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका हुन् । मधेस प्रदेश, बारा जिल्लाको सिमरा नगरपालिका र गण्डकी प्रदेश, मनाङ् जिल्लाको डिस्र्‍याङ् गाउँपालिकासँग सम्बन्ध स्थापना गर्ने सम्बन्धमा निर्णय भइसकेको सम्झौता हुन बाँकी रहेको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले जानकारी दिए।  अन्तरराष्ट्रिय स्तरमा १६ वटा नगरसँग भगिनी सम्बन्ध छ । यसरी सम्बन्ध गाँसिएका नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन् । काठमाडौँ महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ । यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।  प्रस्तावित कार्यक्रमहरु  जात्रा अवलोकनका लागि असोज १० गते अतिथिहरु आउने छन् । ११ गते विहान काठमाडौँ महानगरपालिकाको भित्री सहरी क्षेत्रमा भएका सम्पदाहरुको अवलोकन भ्रमण हुनेछ । मध्यान्नमा अतिथिहरु कुमारी रथ यात्राको अवलोकनका लागि सहभागी हुनेछन् ।  १२ गते भक्तपुर दरबार क्षेत्रको भ्रमण हुनेछ । त्यस दिन हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरुलाई सहभागी गराइनेछ । १३ गते स्वयम्भूको अवलोकन भ्रमणपछि अतिथिहरुलाई नेपाली बजार घुम्ने समय उपलब्ध गराइनेछ । असोज १४ गते उहाँहरु स्वदेश फर्कनेछन् ।  संघसंस्थाहरुसँगको सम्बन्ध  महानगरपालिकाले अन्तरराष्ट्रिय ९ वटा संघसंस्थाको सदस्यता लिएको छ । ‘मानव बस्ती व्यवस्थापनका लागि स्थानीय तहहरुको क्षेत्रीय सञ्जाल, सिटी नेट, याकोहामा जापान’, ‘विश्व सम्पदा नगरहरुको संगठन (ओडब्लुएचसी) मोन्ट्रीयल क्यानडा’, ‘स्थानीय सरकार एवं नगर संघ (युसीएलजी) बासिंलोना स्पेन’, ‘स्थानीय सरकार एवं नगर संघ (युसीएलजी एस्पाक) जाकार्ता इन्डोनेसिया’, ‘स्थानीय पर्यावरण प्रवर्धनका लागि अन्तरराष्ट्रिय परिषद –आईसीएलआईई) टोरोन्टो’ को महानगर सदस्य नगर हो । यस्तै ‘ऐतिहासिक नगर संघ (एलएचसी) क्योटो जापान’, ‘प्रमुख महानगरहरुको अन्तरराष्ट्रिय एशोसिएसन (मेट्रोपोलिस) बार्सिलोना स्पेन’, ‘भूकम्प महानगरहरुको संस्था, हवाई, संयुक्त राज्य अमेरिका’ र ‘विश्व पर्यटकीय नगर महासंघ, वेइजिङ्, चीन’ को महानगरले सदस्यता लिएको छ ।  इन्द्रजात्रामा हुने सांस्कृतिक क्रियाकलापहरु यस बर्षका लागि इन्द्रजात्राका कार्यक्रम सुरु भइसकेका छन् । गुठी संस्थानले सार्वजनिक गरेको साइत तालिकाअनुसार, य:सिं (लिङ्गो) लिन भदौ ३१ गते विहान ११ बजेर ५० मिनेटको साइतमा गुठीयारहरु वन प्रस्थान गरे । त्यसै दिन बेलुका ९ बजेर ३४ मिनेटको साइतमा लिङ्गोका रुपमा प्रयोग गरिने रुख काट्ने (वृक्षकर्तन) भयो । यसरी काटिएको य:सिं (लिङ्गो) तानेर भोटाहिटी ल्याइएको छ ।  भोलि विहान (२०८० आश्विन ६ गते शनिवार, भाद्र शुक्ल द्वादशी) विहान १० बजेर ३९ मिनेटको साइतमा योसिं (इन्द्रध्वज) नगर प्रवेश गराइनेछ । भोटाहिटीबाट असन, इन्द्रचोकहुँदै इन्द्रध्वज कालभैरवको मूर्ति भएको परिसरमा पुर्‍याइनेछ । ३३ फुट अग्लो इन्द्रध्वज आश्विन ९ गते मंगलवार विहान १० बजेर ३० मिनेटको साइतमा उठाइनेछ । इन्द्रध्वज गाडिएपछि औपचारिक रुपमा जात्रा सुरु भएको मानिन्छ । वर्षभरि दिवंगत भएका आफन्तको स्वर्गमा बास होस् भन्ने कामना गर्दै यस दिन साँझमा पाल्चा (बत्ती) बालेर उपाकु मार्ग (पुरानो बस्ती नगरको बाहिरी मार्ग) मा हिँड्ने परम्परा छ ।  इन्द्रजात्रा सुरु भएको दिन श्री लाखे आजु, श्री ऐरावत हात्ती (पुलुकिसी), किलागलको श्री देवी नाच, श्री महाकाली नाच, श्री हलचोक आकाश भैरव नाच लगायत नाचमा सहभागी हुने पात्रहरुलाई विशेष पूजाआजा गरेर बाहिर निकालिन्छ । यी देवगणहरुले जात्रा अवधिभर सहरका विभिन्न भागमा परम्परागत नाच देखाउँछन् । जात्रा अवधिमा हनुमान ढोकाको श्वेत भैरव, इन्द्रचोकको श्री आकाश भैरव, श्री बाका दे भैरव, श्री स्वच्छन्द भैरव, मरु टोलमा इन्द्र देवताको नित्य पूजा हुन्छ । अन्य समयमा भित्री भागमा वा छोपेर राखेर यी देवताका मूर्तिहरु प्रदर्शन गर्ने चलन छ । यस्तै लक्ष्मीनारायण देवलको डवलीमा दशअवतार प्रदर्शन गरिन्छ ।  श्रीगणेश, श्रीभैरव र श्रीकुमारीलाई तलेजु मन्दिरका मुल पुजारी, सुसारे र मोही नाइकेको टोलीले तान्त्रिक विधिबाट पूजा आराधना गर्ने चलन छ ।  यो बर्ष कुमारी रथयात्रा असोज ११ गते सुरु हुनेछ । यस दिन तल्लो टोल (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । यस दिनको रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नु हुनेछ । यस दिनको रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा रहेको छ ।  असोज १२ गते माथिल्लो टोल (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । रथ यात्राका समयमा पञ्चवुद्धका प्रतीक ५ जना बज्राचार्य गुरुजुहरु भैरवको रथको पछाडि र कुमारीको रथको अगाडि हिँड्ने चलन छ ।  २०८० आश्विन १५ गते नानीचाका दिन (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर) रथयात्रा हुनेछ । यसदिन महिलाहरुले रथ तान्नेछन् । २०६९ सालबाट यस दिनको रथ महिलाहरुले तान्न थालेका हुन् । यसै दिन श्रीहरुको हातबाट राष्ट्रपतिले टीका ग्रहण गर्ने कार्यक्रम हुनेछ । यस दिन बेलुका ८ बजेर ३७ मिनेटमा इन्द्रध्वज पतन गर्ने साइत छ । इन्द्रध्वज ढालिएसँगै यस बर्षका लागि इन्द्र जात्राका कार्यक्रम सकिनेछन् ।  यसरी ३ दिन हुने रथ यात्राका क्रममा पर्ने रुटहरुमा श्री लाखे आजु, श्री पुलुकिसी र श्री हलचोक आकास भैरव सँगसँगै अगाडि पछाडि सहभागी हुन्छन् । रथयात्रा रुटका स्थानीयले जीवित देवीदेवताको श्रद्धापूर्वक पूजा आजा गर्ने गर्छन् ।

सरकारी कर्मचारीलाई तलब खुवाउन ऋण ?

चालू आर्थिक वर्षमा गतवर्षको जति पनि राजस्व संकलन नहुने भएपछि सरकार अत्तालिएको समाचार आएको छ । उसले विभिन्न कोषमा रहेका रकम तानेर खर्च जुटाउने तयारी गरेको छ । सरकारी कर्मचारीलाई नै तलब खुवाउन ऋण लिइएको समेत समाचार आएको छ । यसबाट नेपालको सरकार कति निकम्मा बन्दै गएको छ भन्ने पुष्टि हुन्छ । चालू आर्थिक वर्षको फागुन मसान्तमा करीब ६ खर्ब १५ अर्ब रुपैयाँ मात्रै संकलन हुने भएको छ । फागुन मसान्तसम्ममा गतवर्षभन्दा १५ प्रतिशत कम राजस्व संकलन भएको छ । तर, गतवर्षको भन्दा २५ प्रतिशत बढी राजस्व संकलन गर्ने सरकारको लक्ष्य रहेको छ । यो वर्ष बजेट सार्वजनिक गर्दा तय गरिएको लक्ष्यभन्दा ३० प्रतिशत कम र संशोधित अनुमानभन्दा २० प्रतिशत कम राजस्व संकलन हुने बताइएको छ । राजस्व गत आवमा भन्दा कम उठिरहेको छ । राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति जोगाउन भन्दै ब्याजदर बढाउने नीति लिए पछि पछिल्लो समय उपभोग घटेको छ । यसले गर्दा आयात बढ्न सकेको छैन । सरकारले आयातमा लिएको कडा नीति खुकुलो बनाए पनि अहिले आयात घटिरहेको छ । चालू आवमा १४ प्रतिशत आयात घटेको राष्ट्र बैंकको तथ्यांक देखिन्छ । विगतका वर्षहरूमा बैंक वित्तीय संस्थाबाट कर्जा लगानी बढेको अनुपातमा आयात बढ्ने भए पनि चालू आर्थिक वर्षको ८ महीनामा कर्जाको वृद्धिदर २ प्रतिशतमा सीमित हुँदा आयात घट्दो क्रममा छ । सरकारले नै आयात घटाउने नीति लिएको हो तर यसको असर राजस्वमा परेको छ । उत्पादन बढाउन सकेको भए यस्तो कडाइको फल नेपाली उत्पादकले पाउँथे । तर, व्यापारमात्रै गर्ने नीति हाबी भएको हुँदा उत्पादनमा खुला व्यावसायिक घरानाको समेत कम रूचि देखिएको छ । यसले गर्दा उत्पादन नबढेको मात्र होइन, रोजगारी सृजना पनि हुन सकेको छैन । फलत: काम गर्ने उमेर समूहका नागरिकहरू विदेश पलायन भइरहेका छन् । कामका लागि विदेश जानेले त विप्रेषण पठाउँछन् तर अध्ययनका लागि जानेहरूले न विप्रेषण पठाउँछन् न पढाइ सकिएपछि स्वदेश फर्कन्छन् । अध्ययनका लागि ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने गरेको छ भने पछि तिनले नेपालको सम्पत्ति पनि उतैतिर लैजाने गरेको पाइन्छ । यस्ले गर्दा अर्थतन्त्र सधैं जोखिमपूर्ण बनिरहेको हो । नेपालमा काम गरिरहेकाहरू पनि अहिले निराश छन् । विदेश गएकाहरू पनि स्वदेश फर्कन इच्छुक छैनन् । नेपालमै बसेर केही गर्छु भन्नेहरू पनि अहिले आएर विदेशै जानुपर्ने रहेछ भन्न थालेका छन् । पैसा भएका अभिभावकले अध्ययनका नाममा सन्ततिलाई विदेशमै बसोवास गराउन थालेका छन् । भ्रष्टाचार गरेर कमाएको पैसा हुन्डीमार्फत उनीहरूले विदेश पठाएको पनि पाइन्छ । यी परिदृश्य हेर्दा सरकारको आम्दानी घट्दै जाने तर खर्च नघट्ने अवस्थालाई नै देखाउँछ । यसो भए अर्थतन्त्र सधैं नै समस्यामा परिरहनेछ । मोहन अधिकारी कलंकी, काठमाडौं ।

निर्यात प्रवर्द्धनका लागि बजेट स्रोत

रेमिट्यान्स सृजित सम्पन्नताले स्वदेशभित्र वस्तु र सेवाको माग अत्यधिक मात्रामा बढिरहेको छ भने प्रतिस्पर्धी उत्पादनको कमीले निर्यात व्यापारमा उल्लेख्य प्रगति हुन सकेको छैन । यसरी निरन्तर बढी रहेको व्यापारघाटालाई न्यून गर्ने विषय मुलुकमा प्रमुख चुनौतीका रूपमा देखा परेको छ । व्यापारघाटा न्यूनीकरणका उपायहरूमा तीनओटा पक्ष अन्तरनिहित हुन्छन् : आयात प्रतिस्थापन हुनेगरी स्वदेशमा उद्योगतन्त्रको विकास गर्ने, अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी हुने गरी निर्यातयोग्य वस्तु र सेवाको विकास र प्रवर्द्धन गर्ने र अनावश्यक आयात र उपभोगमा नियन्त्रण गर्ने । यी तीनओटा कार्य सम्पन्न गर्न संरक्षणात्मक, प्रवर्द्धनात्मक, क्षमता अभिवृद्धिजन्य (उत्पादन, प्रविधि, संस्थागत, व्यवस्थापकीय, अनुसन्धान र विकास, संरचना विकास, प्रक्रियागत) उपायहरूको उपयोग गर्नुपर्ने हुन्छ । यी तीनओटा उपायलाई कार्यान्वयनमा ल्याउन विशेष गरी नेपाली उत्पादनलाई स्वदेश र विदेश दुवै क्षेत्रमा प्रतिस्पर्धी बनाउन अनुदान, प्रोत्साहन र उद्योगको विकासमा सहयोगका क्षेत्रमा ठूलो मात्रामा बजेटको आवश्यकता पर्छ । उक्त कार्यका लागि बजेटको नियमित स्रोतको व्यवस्था र तात्त्विक परिणाम आउने गरी उक्त बजेटको प्रभावकारी परिचालन अर्को चुनौतीका रूपमा देखा परेको छ । स्रोत व्यवस्थापन आर्थिक वर्ष २०७७/७८ मा नेपालमा आयातबाट करीब ४ खर्ब २१ अर्ब बराबरको राजस्व संकलन भएको छ । यसरी प्राप्त राजस्व जुन वस्तुको आयातबाट संकलन भएको हो सोही वस्तुको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन कार्यक्रममा उपयोग गर्ने गरी प्रभावकारी कार्यान्वयन प्रणालीको विकास गर्न सकेको खण्डमा यसले सम्बद्ध वस्तुको विकासमा साधनस्रोतको सुनिश्चितता तथा एकै सूत्रबाट आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन हुन गई व्यापारघाटा न्यूनीकरण गर्ने नेपाल सरकारको संकल्प छोटो समयमा सिद्ध हुन जाने देखिन्छ । उदाहरणका लागि टेक्सटाइल क्षेत्र (रेशम, ऊन, वानस्पतिदेखि मानवनिर्मित रेशा र सोका उत्पादन यार्न, कपडा तयारी पोशाकलगायत एचएसकोडको शीर्षक ५० देखि ६३ सम्मका वस्तुहरू आयातमा आर्थिक वर्ष २०७७/७८ मा १९ अर्ब ६४ करोड बराबरको आयात राजस्व संकलन भएको छ । यो बराबरको रकम टेक्सटाइलको कच्चा पदार्थ, यार्न, कपडा, तयारी पोशाक लगायतको विकासमा लगानी गर्न सकेको खण्डमा यस क्षेत्रले ठूलो फड्को मार्ने निश्चित नै छ । वार्षिक करीब रू. २० अर्ब टेक्सटाइल क्षेत्रको विकासमा मात्र खर्च गर्ने संयन्त्र र क्षमता विकास गर्ने हो यो क्षेत्र विश्वकै उदाहरणीय उद्योगको रूपमा विकास हुने सम्भावना रहेको छ । यी क्रियाकलापबाट वर्षेनि करीब रू ८४ अर्बको यस्ता वस्तुहरूको आयात प्रतिस्थापन हुने देखिन्छ । यत्ति मात्र नभई वर्तमान समयमा यस क्षेत्रमा रहेको करीब रू ४० अर्बको निर्यातमा गुणात्मक वृद्धि गर्न सकिने सम्भावना पनि छ । रू. ८४ अर्बको आयात प्रतिस्थापन हुँदा त्यसले देशभित्र ठूलो परिमाणमा रोजगारी सृजना गर्ने पनि निश्चित छ । आईटीसीका अनुसार विश्वमा यस क्षेत्रको आयात मात्रै ७१९ अर्ब अमेरिकी डलर रहेको छ । यस विशाल बजारको सानोभन्दा सानो अंशमा नेपालको उपस्थिति गराउन सकेको खण्डमा यो नेपाली अर्थतन्त्रका लागि नयाँ वरदानका रूपमा आउने देखिन्छ । कालान्तरमा आयात प्रतिस्थापन हुँदै जाँदा स्वदेशमा उद्योगको जग बलियो भइसकेको अवस्थामा यस क्षेत्रका उत्पादनहरूको आयात राजस्व घट्दै जाँदा उद्योगलाई गर्नुपर्ने सहयोग पनि सोहीअनुरूप कम हुँदै जान्छ । अर्को उदाहरण तयारी खाद्य वस्तुलाई लिन सकिन्छ । आर्थिक वर्ष २०७७/७८ मा तयारी खाद्य वस्तुको आयातमार्फत रू. ८ अर्ब ४३ करोड बराबरको राजस्व संकलन भएको छ । यो रकम नेपालमा तयारी खाद्य उद्योगको सबलीकरणमा उपयोग गर्न सकेको खण्डमा नेपाल केही वर्षभित्रै तयारी खाद्य वस्तुमा आत्मनिर्भर हुने अवस्था सृजना हुने देखिन्छ । यसो भएको खण्डमा छोटो समयमा नै वार्षिक रू. २० अर्बको आयात प्रतिस्थापन हुने देखिन्छ । आईटीसीका अनुसार सन् २००८ मा विश्वभर तयारी खाद्य वस्तुको आयात करीब २३० अर्ब अमेरिकी डलर रहेको छ । तयारी खाद्य वस्तुको यस विशाल बजारमा १ प्रतिशत बजारमात्रै ओगट्ने लक्ष्य राखी अघि बढ्ने हो भने पनि वार्षिक रू. २ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्न सकिने अवस्था छ । अर्थशाास्त्रीय सिद्धान्तमा पनि जडवत् अर्थतन्त्रलाई चलायमान गराई द्रुततर गतिमा आर्थिक वृद्धि प्राप्त गर्न छरिएर रहेको सानोसानो आकारको लगानी र सहयोगको कुनै अर्थ हुँदैन । यसका लागि पूरै अर्थतन्त्रलाई चलायमान गराउन सक्ने गरी बृहत् आकारको लगानी आवश्यक हुन्छ । नेपालको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई वर्तमान जडताबाट मुक्त गरी सबल अर्थतन्त्रको विकास गर्न बृहत् आकारको लगानी आवश्यक हुन्छ ।    यसरी प्राप्त आयात राजस्वको विनियोजन गर्दा अनुसन्धान, स्टार्टअप, उद्योगहरू स्थापना, प्रविधि स्तरोन्नत्ति र हस्तान्तरण, जनशक्ति विकास, बीज पूँजीको व्यवस्था, कच्चापदार्थ उत्पादन, भौतिक तथा संस्थागत संरचना विकास, अनुदान, प्रोत्साहन र सहयोग, ब्रान्ड स्थापना, प्रचारप्रसार, प्रवर्द्धन जस्ता क्रियाकलापका क्षेत्रमा यथायोग्य स्रोतको परिचालन गर्ने नीति अंगीकार गर्नु आवश्यक छ । यस विधिअनुसार व्यापारघाटा न्यूनीकरणका समग्र पक्षहरूलाई समेटी कार्यक्रमहरू कार्यान्वयन गर्दा नेपालको उद्योग क्षेत्रको गुणात्मक विकास हुने र प्रतिस्पर्धी क्षमता सबल भई आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि कार्य एकै पटक सम्पन्न भई वर्तमान व्यापारघाटाको अवस्थाबाट मुलुकलाई व्यापार नाफाको अवस्था सम्म पुर्‍याउने सकिने सम्भावना रहेको छ । वर्तमान समयमा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन कार्यक्रमहरूको प्रभावकारिताका बारेमा विभिन्न कोणबाट प्रश्नहरू आइरहेको सन्दर्भमा यस कमजोरीलाई विश्वव्यापी अनुभवका आधारमा सम्बोधन हुन पनि त्यत्तिकै जरुरी छ । विशेष गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन सेवाको आउटसोर्सिङ विगतका कमी कमजोरीको समाधानको एक उत्तम विकल्प हो । यसका साथै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन अभियानमा लगानी हुने यस विशाल आकारको बजेटको परिणामयुक्त परिचालन गर्न सोहीअनुरूप प्रभावकारी संरचनाको पनि त्यत्तिकै जरुरी हुन्छ । यस विधिबाट अघि बढ्न सकेको खण्डमा नेपाली अर्थतन्त्रमा विद्यमान जडता केही वर्षभित्र अन्त्य भई गतिशील निर्यात क्षमतासहितको आत्मनिर्भर अर्थतन्त्रको रूपमा विकास हुने निश्चित छ । यसका लागि नेपाल सरकार र निजीक्षेत्रले आवश्यक पहल लिनु अति जरुरी भई सकेको छ ।   व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईका यी विचार निजी हुन् ।

नेपाली रक्सीको ब्रान्डिङ

स्थानीय बासिन्दाले परम्परागत रूपमा उत्पादन गर्दै आएका थुप्रै वस्तुको ब्रान्डिङ र बजारीकरण गर्न नसक्दा नेपाली उत्पादनहरू विशिष्ट भएर पनि बजार पाउन सकेका छैनन् । यस्ता वस्तुका पारखी नभएर भन्दा पनि पारखीहरूमाझ उत्पादन पुर्‍याउन नसक्दा तथा त्यसको गुणस्तरमा आश्वस्त पार्न नसक्दा थुप्रै उत्पादनले अवसर गुमाएको मात्र होइन, भोलिका दिनमा ती वस्तु अन्य देशले आफ्नो बौद्धिक सम्पत्तिका रूपमा दर्ता नगराउलान् भन्न सकिँदैन । यसो हुन गयो भने आफ्नै परम्परागत प्रविधि भए पनि यसको उत्पादनका लागि अन्य देशसँग अनुमति लिनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । त्यस्ता विभिन्न उत्पादनमध्ये रक्सी पनि एक हो । नेपाली रक्सी पनि त्यही स्तरमा जान सक्छ जुन स्तरमा अहिले जापानको साके, चीनको माउताइ, गोवाका फेनी, क्युवाको टकिला आदिले आफ्नो पहिचान र बजार बनाएका छन् । नेपालमै राम्रो गुणस्तरको मदिरा उत्पादन हुन्छ । कोदोलगायत अन्नबाट बनाइने स्थानीय मदिराको गुणस्तर र स्वाद पनि ठाउँपिच्छे फरकफरक पाइन्छ । नेपाल भ्रमणमा आएका विदेशीहरूले नेपाली मदिरालाई मन पराएको पनि पाइन्छ । त्यसैले यसको ब्रान्डिङ गर्न सके निर्यातको सम्भावनासमेत देखिन्छ । नेपाली मदिराको परिभाषित गुणस्तर छैन, ब्रान्डिङ र प्याकेजिङ पनि छैन । त्यही कारण यसलाई पूर्ण विश्वासका साथ उपभोग गर्न समस्या छ । घरेलु मदिराका रूपमा चिनिए पनि यसको औद्योगिक उत्पादन सम्भव छ । तर, यसको मापदण्ड नतोकिएको हुनाले गुणस्तरहीन मदिरा पनि प्रशस्त बनिरहेका छन् । यस्तो मदिरा सेवन गरेर कैयौंले ज्यान गुमाएको समाचार पनि आइरहन्छ । यही कारण नेपाली मदिरा केही मात्रामा बदनाम भएको छ । यसलाई ब्रान्डिङ, गुणस्तर चिह्न प्रदान, राम्रो प्याकेजिङ आदि पक्षमा ध्यान दिने हो तथा यसका लागि मापदण्ड बनाउने हो भने नेपाली ब्रान्डका रूपमा नेपाली मदिराले स्वदेश तथा विदेशमा राम्रो बजार पाउन सक्ने देखिन्छ । नेपाली रक्सी पनि त्यही स्तरमा जान सक्छ जुन स्तरमा अहिले जापानको साके, चीनको माउताइ, गोवाका फेनी, क्युवाको टकिला आदिले आफ्नो पहिचान र बजार बनाएका छन् । नेपालमा रक्सी बनाउने प्रविधि भौगोलिक स्थान र जनजातिका आधारमा फरकफरक छ । यसको अर्थ नेपालभित्रै विभिन्न ब्रान्ड र अलग पहिचानका मदिरा उत्पादन गर्न सकिन्छ । जस्तै मुस्ताङमा करूको रक्सी उत्पादन हुन्छ । त्यस्तै छ्याङको आफ्नै पहिचान छ । अहिले नेपालमा छ्याङको ब्रान्डमा कोरियाली रक्सी विक्री भइरहेको छ । त्यो छ्याङजस्तै भएकाले नेपाली नाम राखेर नेपालमै विक्री भइरहेको छ । भोलि अन्य मदिरा पनि यस्तै हुन सक्छ । नेपाली रक्सीलाई अवैध र गुणस्तरहीन भनेर प्रहरीले जफत गर्ने गरेको छ र यसरी जफत भएको मदिरा खाल्डामा पुर्ने गरेको छ । जथाभावी सेवन गरेर समाजको शान्ति भंग गरेको भन्दै यसको सेवनलाई दुरुत्साहन गर्ने गरिन्छ । त्यो उपयुक्त नै हो तर आफ्नो देशको प्रविधिको प्रयोगबाट भएको उत्पादन खाल्डामा पुर्नु र बजारमा विदेशी रक्सी जथाभावी पाइनु कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न सकिँदैन । अहिले १ न प्रदेशले नेपाली रक्सीलाई ब्रान्ड बनाउने तयारी थालेको छ जुन सकारात्मक छ । यसका लागि आवश्यक मापदण्ड र गुणस्तर कायम गर्न आवश्यक नीतिहरू तय गरियो र यस्तो गर्ने उद्योगलाई प्रोत्साहन गरियो भने निकै सकारात्मक काम हुनेछ । स्वदेशी कच्चा पदार्थ र स्वदेशी प्रविधिको भरपुर उपयोग हुन्छ र सीमान्तकृत वर्ग यसबाट लाभान्वित हुन सक्छ । यसको औद्योगिक उत्पादन हुन थालेपछि विदेशी मदिराका आयात घट्ने त होइन तर नेपालबाट निर्यात भने पक्कै बढ्छ । स्थानीय मदिरा उत्पादन गर्नेलाई दण्ड जरीवाना भइरहेका छन् । यसो हुनुको कारण यसको गुणस्तरमा शंका हुनु हो । गुणस्तरीय बनाउने हो मदिरा उत्पादन गर्दा कारबाही गर्नुपर्ने कारण देखिँदैन । प्रदेश १ ले राम्रो कामको थालनी गरेको छ । यसलाई प्रदेश एकमा मात्र सीमित नराखी संघीय सरकार मातहतमा रहेका निकायले पनि यसमा सहयोग गर्नु उपयुक्त हुन्छ ।

अफगानिस्तानमा रहेका नेपाली फर्काउने तयारीमा सरकार

काठमाडौं : नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको छ। तालिवान समूहले  अफगानिस्तानका उत्तर,पश्चिम र दक्षिणका आधा भन्दा बढी प्रान्त कब्जा गरेसँगै सरकारले उद्धारमा चासो देखाएको हो। काबुलमा नेपालीको संख्या धेरै छ। उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै उद्धारको तयारी गरिएको सरकारले जनाएकाे छ। यतिबेला अफगानिस्तानमा १५ सय नेपाली रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अफगानिस्तान हेर्ने जिम्मा प

निःशुल्क उद्धार कार्यविधि बनाउँदै सरकार

सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेर पनि खर्चको अभावले स्वदेश फर्किन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्यविधि बनाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिएर गएका तर कोरोनाका कारण रोजगारी गुमाएर बेचर्खी भएका नेपाली श्रमिकलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको हो ।

उचित ब्यबस्थापन गर्न सके स्वर्णीम युग आउन सक्छ

अहिले दुई लाख नेपाली स्वदेश फर्कन तयार हुनुभएको छ । उहाँहरू नेपाल आउन पाउने अधिकार नै भएकाले सरकारले त्यसको तयारी थाल्नुपर्छ । तर उहाँरूरु नेपाल आएपछि निश्चित समयसम्म क्वारेनटाइनमा राख्नुपर्ने भएकाले त्यसको तयारीमा भने सरकार चुकेको उहाँले बताउनुभयो । वैदेशिक रोजगार ऐनमा श्रमिकको रुपमा वैदेशिक रोजगारीमा गएका नागरिकहरुलाई समस्यामा परेमा नेपाल सरकारले ल्याउने भनेर उल्लेख गरेको छ तर सरकारी निकायबाट भने त्यसको तयारी नभएको निर्देशक नेपालले भन्नुभयो ।

आइतबारका मुख्य खबर

आज दिनभरका मुख्य खबर : चीनबाट नेपाली छिटो ल्याउ सरकार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारको ‘तयारी’ अझै सकिएन ! चीनमा रहेका नेपालीहरुकाे उद्धार प्रक्रिया यथाशीघ्र अघि बढाइयाेस् : राष्ट्रिय मानव अधिकार आयोग 'चीनबाट फर्काउने नेपालीलाई उपत्यकामै राख्नु खतरनाक' : नेता बिजुक्छे कोरोना...