उचित ब्यबस्थापन गर्न सके स्वर्णीम युग आउन सक्छ

अहिले दुई लाख नेपाली स्वदेश फर्कन तयार हुनुभएको छ । उहाँहरू नेपाल आउन पाउने अधिकार नै भएकाले सरकारले त्यसको तयारी थाल्नुपर्छ । तर उहाँरूरु नेपाल आएपछि निश्चित समयसम्म क्वारेनटाइनमा राख्नुपर्ने भएकाले त्यसको तयारीमा भने सरकार चुकेको उहाँले बताउनुभयो । वैदेशिक रोजगार ऐनमा श्रमिकको रुपमा वैदेशिक रोजगारीमा गएका नागरिकहरुलाई समस्यामा परेमा नेपाल सरकारले ल्याउने भनेर उल्लेख गरेको छ तर सरकारी निकायबाट भने त्यसको तयारी नभएको निर्देशक नेपालले भन्नुभयो ।

सम्बन्धित सामग्री

यस्ता छन् मौद्रिक नीतिको समीक्षाले गरेको ११ ब्यबस्था

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज आइतबार चालु आर्थिक वर्ष ७९/८० को पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको हो ।राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै तत्काल ब्याज बढ्न नदिने गरि तरलता ब्यबस्थापन गरिने उल्लेख गरेको छ ।हेर्नुस् मौद्रिक नीतिको समिक्षाले गरेका ब्यबस्था : १. आर्थिक स्थिति र परिदृश्यका आधारमा २०७९÷८० को मौद्रिक नीतिले अबलम्बन गरेको कार्यदिशालाई निरन्तरता दिइएको छ । २. आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिमा लिइएको लक्ष्य तथा प्रक्षेपणहरुलाई पनि यथावत राखिएको छ । ३.  मौद्रिक नीति २०७९÷८० मा व्यवस्था भएका मौद्रिक उपकरणहरुलाई निरन्तरता दिइएको छ ।४. अनिवार्य नगद अनुपात ४ प्रतिशत र बैंक दरलाई ८.५ प्रतिशतमा यथावत राखिएको छ ।५. भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पु¥याउने र  तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गरिनेछ । ६. कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले दोस्रो बजारमा जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई यस बैंकले उक्त क्षेत्रमा न्यूनतम कर्जा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने व्यवस्था गरिनेछ ।७. वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिनेछ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ । प्रिमियमसम्बन्धी व्यवस्थाकोनियमित अनुगमन समेत गरिनेछ ।८. लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिनेछ ।९. तोकिएको कर्जा–निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गरिनेछ ।१०. कार्यान्वयनमा रहेको चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा सम्बोधन गरिनेछ ।११.  तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाइनेछ ।

कर्मचारी कार्यालय आउनै छाडे, सेवाग्राही मर्कामा

रौतहट । भु तथा जलाधार ब्यबस्थापन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी लामो समय देखी नआउदा सेवाग्राही प्रभावित भएका छन् । सो कार्यालयका जिम्मेबार तहका कर्मचारी नै कार्यालयमा आउन छाडेपछि रौतहट लगायत ४ वटा जिल्लाका सेवाग्राही प्रभाबित भएका हुन् । सो कार्यालयका भु संरक्षण अधिकृत जिउत राउत अहिर आफै निमित्त कार्यालय प्रमुख बनेर आफै छुटी लिएर बसेका छन् […] The post कर्मचारी कार्यालय आउनै छाडे, सेवाग्राही मर्कामा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ९८ प्रतिशत काम सम्पन्न

कास्की । राष्ट्रिय गौरबको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ९८ प्रतिशत काम सम्पन्न भएको छ । विमानस्थल निर्माण अन्तिम चरणमा पुगेपनि पोखरा महानगरपालिकाद्वारा सञ्चालनमा रहेको सेनेटरी ल्यण्डफिल साईड हटाउने र रिठ्ठेपानी डाँडा काट्ने काम अझैसम्म नभएकाले हवाई सञ्चालनमा आउन नसक्ने आयोजनाले जनाएको छ । लामो समयदेखी सो क्षेत्रमा पोखरा बजार क्षेत्रको फोहोर ब्यबस्थापन गरिंदै आएकोले […] The post पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ९८ प्रतिशत काम सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक.