यो साता करीब १० प्रतिशत घट्यो कारोबार रकम, लगानीकर्ताले करीब २५ अर्ब गुमाए

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा गत साताको तुलनामा करीब १० प्रतिशत कम कारोबार भएको छ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार गत साता २५ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको ७ करोड ५४ लाख ४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको ६ करोड ४५ लाख ४३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।  गत साताको तुलनामा यो साता कारोबार रकम २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी र कारोबार कित्ता १ करोड ८ लाख ६० हजारभन्दा बढीले घटेको हो । औसतमा यो साता ४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँभन्दा बढीको १ करोड २९ लाख ८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साता औसतमा ५ अर्ब १९ करोड ९९ लाख रुपैयाँभन्दा बढीको १ करोड ५० लाख ८० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । औसतमा यो साता गत साताको तुलनामा कारोबार रकम ५१ करोड ५८ लाख रुपैयाँभन्दा कम र कारोबार कित्ता २१ लाख ७२ हजारभन्दा कम भएको हो ।  समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक पनि यो साता १७ दशमलव शून्य ८ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ८४ दशमलव शून्य ९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६७ दशमलव शून्य १ विन्दुमा झरेको हो ।  यो साता पाँच कारोबार दिनमा नेप्से परिसूचक शुरुका तीन कारोबार दिन निरन्तर बढेको थियो भने पछिल्लो दुई कारोबार दिन निरन्तर घटेको थियो । पहिलो कारोबार दिन १० दशमलव ३७ अंक, दोस्रो दिन १० दशमलव २६ अंक र तेस्रो कारोबार दिन १४ दशमलव ८८ अंक बढेको नेप्से चौथो कारोबार दिन २१ दशमलव ६७ अंक र पाँचौं कारोबार दिन ३० दशमलव ९२ अंक घटेको हो ।  लगानीकर्ता बजार अझै माथि जाने आशामा रहेको देखिए पनि बजारमा माग भने बढ्न नसकेको अवस्था छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि लगानीको माग भने कम रहेको बैंकरहरू बताउँछन् । यस वर्ष सूचीकृत कम्पनीहरूको लाभांशमा आकर्षित हुने अवस्था नरहेकाले पनि बजारमा लगानी कम भएको बुझाई ब्रोकरहरूको छ ।  लगानीकर्ता उत्साहित नहुँदा सातामै कुल बजार पूँजीकरण २४ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४८ अर्ब ३९ करोड रुपैयाँ कायम भएको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । यो साता अन्य समूहका लगानीकर्ताले सर्वाधिक कमाए  यो साताको कारोबारमा तीन समूहगत परिसूचकहरू गत साताको तुलनामा बढेका छन् । अन्य समूहको परिसूचक गत साताको तुलनामा सर्वाधिक ३ दशमलव ८५ प्रतिशत बढेको हो । योसँगै व्यापारिक समूहको शून्य दशमलव ६४ प्रतिशत र जलविद्युत समूहको परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ । यो साता होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव ९७ प्रतिशत घटेको छ । त्यस्तै लघुवित्तको २ दशमलव ३४ प्रतिशत, म्युचुअल फण्डको २ दशमलव २३ प्रतिशत, बैंकिङको २ दशमलव १३ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ८४ प्रतिशत, विकास बैंकको १ दशमलव ६६ प्रतिशत, जीवन बीमाको १ दशमलव शून्य ८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५५ प्रतिशत वित्तको शून्य दशमलव ४१ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ । परिसूचकमा देखिएको परिवर्तनका आधारमा यो साता अन्य समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

सम्बन्धित सामग्री

लगातार तीन दिन बढेपछि बजारमा सामान्य करेक्सन, कारोबार रकम २ अर्ब ९ करोडमा झर्‍यो

काठमाडौं । लगातार तीन कारोबार दिनमा ६१ अंक बढेको बजारमा सोमवार (आज) सामान्य करेक्सन भएको छ ।  यस दिन नेप्से परिसूचक ३ दशलमव ६१ अंक घटेर २ हजार ७७ दशमलव २४ विन्दुमा कायम भएको छ । सोमवारको कारोबारको अधिकांश समय बजार सकारात्मक रहे पनि अन्तिम प्रहरमा भने सामान्य अंक घट्यो । कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ । आइतवार तीन अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा सोमवार त्यो रकम २ अर्ब ९ करोडमा झरेको छ । बैंकको ब्याजदरका विषयमा लगानीकर्ताहरू विश्वस्त हुन नसकेका कारण पनि कारोबार रकम घटेको जानकारहरू बताउँछन् । यसो त लगातार तीन कारोबार दिन बढेको बजारमा एक दिन घट्नु सामान्य लिनुपर्ने उनीहरूको भनाइ छ ।  लाभांशको सिजन नजिकिएको छ। अहिले शेयर खरीद गर्नेले निकै छोटो समयमा लाभांशको हकदार बन्न सक्नेछन् भने घटेको बजारमा ट्रेडिङ गर्नेहरू पनि आकर्षित हुने अनुमान गरिएको छ ।  पछिल्लो समय बैंक तथा वित्तीय प्रणालीमा तरलता सहज भएसँगै ब्याजदर घट्न थालेको छ । यस कारण बैंकहरूले अब शेयर धितो कर्जा दिने घोषणा गर्न थालेका छन् । गएको साता मात्रै एनआईसी एसिया बैंकले शेयर धितो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । नेपाल बैंकले यसअघि नै शेयर कर्जा दिने बताएको थियो । यसआधारमा अब क्रमशः अरु बैंकहरूले पनि यस्तो कर्जा सहज तरिकाले उपलब्ध गराउने अनुमान गर्न थालिएको छ । यस कारण पनि शेयर बजारमा आगामी दिनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।  सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै फ्लोट इन्डेक्स शून्य दशमलव १९ प्रतिशत घटेको छ ।  यस दिन कारोबारमा आएका २७९ धितोपत्रको ५४ लाख १७ हजार ९२८ कित्ता शेयर ६८ हजार ८४२ पटकमा रू. २ अर्ब ९ करोड बराबरको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ ।  शेयर मूल्य प्रतिकित्ता रू. ३०८ दशमलव ५० पुगेको छ । त्यस्तै दोस्रोमा अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत बढेर रू. ३०६ दशमलव ७० पुगेको छ ।  सोमवार सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ४६ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७६८ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनी छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ८० प्रतिशत घटेर रू. ३१७ कायम भएको छ ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेको छ । कम्पनीको रू. ११ करोड २४ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य रू. ५८९ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. १० करोड ८७ लाख बराबरको भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक घटेको छ भने बाँकी पाँच समूहको परिसूचक बढेको हो । सोमवार सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक १ दशमलव ५९ प्रतिशत घटेको हो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ६५ प्रतिशत वृद्धि भएको छ ।

साताको बजार : कारोबार रकम ९२ करोडभन्दा बढीले वृद्धि, नेप्से परिसूचक भने घट्यो

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा १० अर्ब ८० करोड रुपैयाँभन्दा बढीको ३ करोड २८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । गत साताको तुलनामा यो साता ९२ करोड २९ लाख रुपैयाँभन्दा बढी धितोपत्र कारोबार भएको हो । कारोबार कित्ता भने २८ लाख ७० हजारभन्दा बढीले घटेको छ । गत साता ९ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको ३ करोड २८ लाख ९९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा औसत कारोबार रकम १८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ भने औसत कारोबार कित्ता ५ लाख ७४ हजारले घटेको छ ।  कारोबार रकम बढेको यो साता नेप्से परिसूचक भने २३ दशमलव ७९ अंक तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ८९ दशमलव ८४ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन भने २ हजार ६६ दशमलव शून्य ५ विन्दुमा झरेको हो । पाँच कारोबार दिनमा यो साता नेप्से परिसूचक पछिल्लो दुई कारोबार दिन निरन्तर बढेको देखिन्छ । पहिलो कारोबार दिन ३८ दशमलव ३७ अंक, दोस्रो दिन ३ दशमलव २१ अंक र तेस्रो दिन २८ दशमलव ४० अंकले नेप्से परिसूचक निरन्तर घटेको थियो । त्यसपछि भने चौथो कारोबार दिन ४१ दशमलव शून्य ६ अंक र पाँचौं दिन ५ दशमलव १३ अंकले नेप्से परिसूचक बढेको हो । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये सामूहिक लगानीकोष योजना (म्युचुअल फण्ड)हरूले गत आर्थिक वर्षको लाभांश घोषणा गर्न शुरू गरिसकेका छन् । लाभांशको सिजन शुरू हुँदा लगानीकर्ता केही सकारात्मक बन्न थालेको ब्रोकरहरूले जानकारी दिएका छन् । लामो समयदेखि सोचे अनुसार बजारले गति लिन नसकेपछि निरास बनेका लगानीकर्ता अब कम्पनीहरूको लाभांशबाट आफ्नो लगानी बढाउने सोचमा पुगेको हुनसक्ने ब्रोकरहरूले अनुमान लगाएका छन् ।  यो साता कुल बजार पूँजीकरण १० अर्ब ४५ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ७१ अर्ब ६४ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब ६१ अर्ब १९ करोड रूपैयाँ कायम भएको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । होटल तथा पर्यटन समूहको परिसूचक २.२९ प्रतिशत बढ्यो  यो साताको कारोबारमा चार समूहगत परिसूचकहरू मात्र बढेका छन् । होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २ दशमलव २९ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समूहको १ दशमलव १० प्रतिशत, व्यापारिकको शून्य दशमलव ४९ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक बढेको हो । गत साता बैंकिङ समूहको परिसूचक सर्वाधिक २ दशमलव ७४ प्रतिशत घटेको छ । त्यस्तै लघुवित्तको १ दशमलव ७० प्रतिशत, वित्तको १ दशमलव ६५ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ४७ प्रतिशत, जलविद्युतको शून्य दशमलव ९३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ६९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६० प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३२ प्रतिशत र लगानी समूहको शून्य दशमलव १० प्रतिशत परिसूचक घटेको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

सातामा ५ कारोबार दिननै घट्यो शेयर बजार, लगानीकर्ताहरूले गुमाए २ खर्बभन्दा बढी

जेठ २१, काठमाडौं । धितोपत्र दोस्रो बजार यो साताको कारोबारमा निरन्तर पाँच कारोबार दिन घटेर २ हजार ७८ दशमलव ७० विन्दुमा झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार २२३ दशमलव ७८ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १४५ दशमलव शून्य ८ अंक घटेको हो । गत साताको अन्तिम कारोबार दिनदेखिनै बजार निरन्तर घटिरहेको छ । गत साताको अन्तिम कारोबार दिन १५ दशमलव ८२ अंकले बजार घटेको थियो ।  यसै साता सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको थियो । बजेट सार्वजनिक भएको भोलिपल्ट सोमवारको कारोबारमा नेप्से परिसूचक ५० दशमलव ३३ अंकले घटेको हो ।  मंगलवार ३५ दशमलव ५३ अंक, बुधवार ७ दशमलव १९ अंक, बिहीवार १८ दशमलव २६ अंक र शुक्रवार ३३ दशमलव ७६ अंक बजार घटेको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि यो साता घटेको छ । गत साता ४३३ दशमलव शून्य ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४०३ दशमलव ४८ विन्दुमा झरेको हो ।  निरन्तर घटेको यो साता लगानीकर्ताहरूले रू. २ खर्ब ६ अर्ब ५४ करोड २८ लाख गुमाएका छन् । गत साता रू. ३१ खर्ब ६६ अर्ब २ करोड ९५ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. २९ खर्ब ५९ अर्ब ४८ करोड ६३ लाखमा झरेको हो । यो नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स र कुल बजार पूँजीकरण घटेपनि कारोबार रकम र कारोबार कित्ता भने बढेको देखिन्छ । निरन्तर घटेको बजारमा आत्तिएर शेयर विक्री गर्ने बढ्दा बजारमा नकरात्मक प्रभाव परेको ब्रोकरहरु बताउँछन् ।  बजेटमा पूँजीबजार सुधारका नयाँ विषयको अपेक्षामा रहेका लगानीकर्ता धेरै जसो पुरानौ कुरा दोहोरिदा निराश बनेको ब्रोकरहरुको बुझाई छ । गत साता रू. ५ अर्ब ६९ करोड १७ लाखभन्दा बढीको १ करोड ६१ लख ७८ हजार १४४ कित्ता धितोपत्र खरीदविक्री भएकोमा यो साता रू. ६ अर्ब २० करोड ३९ लाखभन्दा बढीको १ करोड ७६ लाख ६१ ह्जार ७३५ कित्ता धितोपत्र खरीदविक्री भएको हो । निरन्तर घटेको बजारमा यो साता सबै समूहगत उपसूचकहरु समेत घटेका छन् । यो साता सर्वाधिक उपसूचक व्यापारिक समूहको घटेको छ । व्यापारिक समूहको उपसूचक सर्वाधिक ११ दशमलव ४३ प्रतिशत घटेको हो ।  त्यस्तै निर्जीवन बीमाको १० प्रतिशत, जीवन बीमाको ८ दशमलव ५१ प्रतिशत, अन्य समूहको ६ दशमलव ९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ६ दशमलव ९० प्रतिशत, बैंकिङको ६ दशमलव ५४ प्रतिशत, लगानी समूहको ५ दशमलव ८९ प्रतिशत उपसूचक घटेको छ । यसैगरी लघुवित्त समूहको ५ दशमलव ५४ प्रतिशत, विकास बैंकको ५ दशमलव ४२ प्रतिशत वित्त समूहको ५ दशमलव २३ प्रतिशत, जलविद्युतको ४ दशमलव ९६ प्रतिशत, होटल्स तथा पर्यटनको ४ दशमलव २२ प्रतिशत र म्युचुअल फण्डको ३ दशमलव ६५ प्रतिशत उपसूचक घटेको छ ।

२७ सय नजिक पुग्यो नेप्से, ३ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २७ सयनजिक पुगेको छ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) ४३.२९ अङ्कले बढेसँगै परिसूचक २६९२ अङ्कमा पुगेको हो । यसअघि हिजो ३० अङ्कले घटेको थियो । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । हिजो (बुधबार) ४ अर्ब ६२ करोडको सेयर किनबेच भएकोमा आज […]

यो साता ८२.४२ अंकले घट्यो बजार : कारोबार रकम साढे १३ अर्बमा सीमित

कात्तिक ६, काठमाडौं । यो साता नेप्से परिसूचक गत साताको भन्दा ८२ दशमलव ४२ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन असोज २५ गते २ हजार ६३९ दशमलव ३८ विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिन २ हजार ५५६ दशमलव ९६ विन्दुमा बन्द भएको हो ।  गत साता दशैंको विदाका कारण दुई दिन मात्र बजार खुला भएको थियो । दशैं पछिको पहिलो साताको कारोबारमा दुई दिन बजार बढेको छ । पहिलो कारोबार दिन १७ दशमलव ५९ अंकले बढेको बजार दोस्रो दिन ६९ दशमलव ५१ अंक र तेस्रो दिन ७७ दशमलव ३३ प्रतिशतले घटेको थियो । चौथो दिन ६० दशमलव ५६ अंकले बढेको बजार पाँचौ दिन भने १४ दशमलव ७० अंकले घटेको छ ।  यो साता पहिलो कारोबार दिनदेखिनै सुधारिन खोजेको बजार बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर असोजदेखि बढाउन खोजेसँगै बजार प्रभावित बनेको थियो । शेयर बजार र बैंक तथा वित्तीय संस्थाको निक्षेपको ब्याजदरबिच नकारात्मक सम्बन्ध पहिला देखिनै रहँदै आएकाले पनि यो साता कात्तिक १ गतेदेखि लागू हुने गरी बैंकहरुले ११ प्रतिशतभन्दा बढी ब्याजदर निर्धारण गरेसँगै सोमवार र मंगलवार बजार प्रभावित बनेको थियो ।  कात्तिकदेखि लागू हुने गरी सबैभन्दा बढी एनआईसी एशिया बैंकले ११ दशमलव १० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकहरुले जथाभावी ब्याजदर वृद्धि गरेसँगै मंगलवारनै नेपाल राष्ट्र बैंकले उक्त ब्याजदर संशोधन गर्न निर्देशन दिएको थियो ।  राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा तल झारिसकेका छन् । वाणिज्य बैंकहरुले हालसम्म संशोधन गरेको ब्याजदर अनुसार अधिकतम ९ दशमलव ३६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको ब्याजदर संशोधनको निर्देशन पश्चात बुधवार सकारात्मक बनेको बजार बिहीवार नाफा बुक गर्ने हाबी हुँदा करेक्सनमा गएकाले आगामी दिनमा बजारले सकारात्मक गति लिने विश्वास लगानीकर्ताहरुको छ ।  सूचीकृत कम्पनीहरुले आकर्षक लाभांश प्रस्ताव गरिरहेको अवस्थामा सकारात्मक हुनुपर्ने बजार नियामक निकायहरुको नीतिगत व्यवस्था र बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर वृद्धिका कारण प्रभावित बनेको लगानीकर्ताहरुको आरोप छ । नियामक निकायहरुले पनि बजारलाई प्रभावित पार्ने खालको नीतिलाई यथासिघ्र सच्याउनुपर्ने माग पनि उनीहरुको छ ।  यो साता कारोबार रकम भने रू. १३ अर्ब ५६ करोड २१ लाख १६ हजारमा सीमित भएको छ । गत साता दुई दिनको कारोबार पनि रू. ८ अर्ब १३ करोड ७५ लाख ११ हजार बराबरको शेयर कारोबार भएको थियो । यो साता कारोबार रकम घटेको हेर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।  गत साता दुई दिनको कारोबारमा १ करोड ६५ लाख ६६ हजार ५२४ कित्ता शेयर खरीदविक्री भएकोमा यो साता पाँच कारोबार दिनमा ३ करोड ५३ लाख २० हजार ९९ कित्ता शेयर कारोबार भएको छ । सातामा लगानीकर्ताको सम्पत्तिको मूल्य रू. १ खर्ब १५ अर्बभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३६ खर्ब ९५ अर्ब ९ करोड १० लाख रहेको कुल बजारपूँजीकरण रकम यो साता रू. ३५ खर्ब ७९ अर्ब ७८ करोड ५० लाखमा झरेको हो । यो साताको बजार अवस्था :                                                                          स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

शेयर बजार पुनः लयमा फर्किएको संकेत : २.६० % परिसूचक बढ्दा ८ अर्बमाथिको कारोबार

असार २७, काठमाडौं । नेपालको शेयर बजारले पुनः लयमा फर्किएको संकेत गरेको छ । गत साता लगातार चार कारोबार दिन घटेर २ हजार ८०१ विन्दुसम्म झरेको बजार पुनः आफ्नो गतिमा फर्किएको हो । बुधवार र बिहीवारको कारोबारमा बजार २ हजार ७९३ विन्दुसम्म झरेको छ । बिहीवारदेखि बढ्न थालेको बजार २ हजार ७९३ को बलियो टेवाविन्दुलाई पार गर्दै अघि बढेको देखिन्छ । गत जेठ ३१ गते हालसम्मकै उच्च ३ हजार २५ दशमलव ८२ विन्दुसम्म पुगेको नेप्से परिसूचक त्यसभन्दा पछि भने घटेको हो । गत बिहीवार २३ दशमलव ९७ अंक बढेर २ हजार ८२५ दशमलव १० विन्दुमा बन्द भएको बजार आइतवार २ हजार ४४५ दशमलव ४३ विन्दुदेखि खुलेको हो ।  आइतवार अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक २ दशमलव ६० प्रतिशत अर्थात् ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८९८ दशमलव ४३ विन्दुमा पुगेको छ । लगानीकर्ताहरुले असार मसान्तसम्म तिर्नुपर्ने कर र कर्जाको ब्याज रकम भुक्तानी गरी पुनः बजारमा प्रवेश गरेका कारण आइतवारको बजार सकारात्मक बनेको जानकारहरु बताउँछन् ।  बजार एक वर्षभन्दा बढी अवधिसम्म बढ्दा पनि वाणिज्य बैंकहरुको शेयरमूल्य अझै तल रहेकाले वाणिज्य बैंकहरुको शेयर मूल्य बढ्दा बजारमा थप सकारात्मक प्रभाव पर्ने विश्लेषणसहित पछिल्लो समय लगानी गर्ने क्रम बढेको जानकारी पनि उनिहरुले दिएका छन् । यस दिन ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५५ प्रतिशत बढेको छ । १३ दशमलव ५१ अंकले बढेर यो दिन सेन्सेटिभ इन्डेक्स ५४३ दशमलव १६ विन्दुमा पुगेको छ । पछिल्लो समय रू. ५ अर्बभन्दा मुनि खुम्चिएको शेयर कारोबार रकम पनि आइतवार बढेको छ । यो दिन रू. ८ अर्ब ६ करोड १३ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन २२५ कम्पनीहरुको ८२ हजार ४९ पटकको व्यापारमा उक्त रकम बराबरको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर कारोबार भएको हो । कुल कारोबारमा यो दिन सर्वाधिक हिस्सा एनआईसी एशिया बैंकले ओगटेको छ । उक्त कम्पनीको रू. ३९ करोड ९६ लाख ११ हजार बराबरको शेयर कारोबार भएको हो ।  सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि यस दिन ४ दशमलव १० प्रतिशत अथाृत प्रतिकित्ता रू. ३८ ले बढेर अन्तिम मूल्य रू. ९६४ पुगेको छ । यस दिन गोर्खाज फाइनान्स , श्री इन्भेष्टमेण्ट फाइनान्स र आईसीएफसी फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य २१ ऋोटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  गोर्खाज फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. १०३ ले बढेर अन्तिम मूल्य रू. १ हजार १३३ , श्री इन्भेष्ण्टमेण्ट फाइनान्सको प्रतिकित्ता रू. ४१ ले बढेर अन्तिम मूल्य रू. ४५१ र आईसीएफसी फाइनान्सको प्रतिकित्ता रू. ५३ ले बढेर अन्तिम मूल्य रू. ५८३ पुगेको हो । दोहोरो उच्च अंकले बढेको बजारमा कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ३ दशमलव ७५ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. ३० ले घटेर उक्त कम्पनीको अन्तिम मूल्य रू. ७७० कायम भएको छ ।  यस दिन वित्त र विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कारोबारमा आएका सबै समूहगत परिसूचकहरु बढेको यस दिन वित्तको सर्वाधिक ८ दशमलव ३९ प्रतिशत र विकास बैंकको ८ दशमलव २४ प्रतिशतले बढेको हो ।