लगातार तीन दिन बढेपछि बजारमा सामान्य करेक्सन, कारोबार रकम २ अर्ब ९ करोडमा झर्‍यो

काठमाडौं । लगातार तीन कारोबार दिनमा ६१ अंक बढेको बजारमा सोमवार (आज) सामान्य करेक्सन भएको छ ।  यस दिन नेप्से परिसूचक ३ दशलमव ६१ अंक घटेर २ हजार ७७ दशमलव २४ विन्दुमा कायम भएको छ । सोमवारको कारोबारको अधिकांश समय बजार सकारात्मक रहे पनि अन्तिम प्रहरमा भने सामान्य अंक घट्यो । कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ । आइतवार तीन अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा सोमवार त्यो रकम २ अर्ब ९ करोडमा झरेको छ । बैंकको ब्याजदरका विषयमा लगानीकर्ताहरू विश्वस्त हुन नसकेका कारण पनि कारोबार रकम घटेको जानकारहरू बताउँछन् । यसो त लगातार तीन कारोबार दिन बढेको बजारमा एक दिन घट्नु सामान्य लिनुपर्ने उनीहरूको भनाइ छ ।  लाभांशको सिजन नजिकिएको छ। अहिले शेयर खरीद गर्नेले निकै छोटो समयमा लाभांशको हकदार बन्न सक्नेछन् भने घटेको बजारमा ट्रेडिङ गर्नेहरू पनि आकर्षित हुने अनुमान गरिएको छ ।  पछिल्लो समय बैंक तथा वित्तीय प्रणालीमा तरलता सहज भएसँगै ब्याजदर घट्न थालेको छ । यस कारण बैंकहरूले अब शेयर धितो कर्जा दिने घोषणा गर्न थालेका छन् । गएको साता मात्रै एनआईसी एसिया बैंकले शेयर धितो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । नेपाल बैंकले यसअघि नै शेयर कर्जा दिने बताएको थियो । यसआधारमा अब क्रमशः अरु बैंकहरूले पनि यस्तो कर्जा सहज तरिकाले उपलब्ध गराउने अनुमान गर्न थालिएको छ । यस कारण पनि शेयर बजारमा आगामी दिनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।  सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै फ्लोट इन्डेक्स शून्य दशमलव १९ प्रतिशत घटेको छ ।  यस दिन कारोबारमा आएका २७९ धितोपत्रको ५४ लाख १७ हजार ९२८ कित्ता शेयर ६८ हजार ८४२ पटकमा रू. २ अर्ब ९ करोड बराबरको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ ।  शेयर मूल्य प्रतिकित्ता रू. ३०८ दशमलव ५० पुगेको छ । त्यस्तै दोस्रोमा अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत बढेर रू. ३०६ दशमलव ७० पुगेको छ ।  सोमवार सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ४६ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७६८ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनी छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ८० प्रतिशत घटेर रू. ३१७ कायम भएको छ ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेको छ । कम्पनीको रू. ११ करोड २४ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य रू. ५८९ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटलको रू. १० करोड ८७ लाख बराबरको भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक घटेको छ भने बाँकी पाँच समूहको परिसूचक बढेको हो । सोमवार सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक १ दशमलव ५९ प्रतिशत घटेको हो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ६५ प्रतिशत वृद्धि भएको छ । 

सम्बन्धित सामग्री

लगातार ५ दिन घटेपछि नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम निरन्तर ओरालो

१५ साउन, काठमाडौं । मौद्रिक नीतिपछि लगातार ५ कारोबार दिन गिरावट भएको नेप्सेमा छैटौं दिन भने एकले अंकको सामान्य वृद्धि भएको छ । गत आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै ६३ अंकले बढेको नेप्से त्यसयताको ५ कारोबार दिनमा १२७ अंकको गिरावट भएको थियो । तर, सोमबार भने नेप्सेमा एकल अंककमे वृद्धि भएको हो […]

नेप्से दोहोरो अंकले वृद्धि हुँदा कारोबार रकम ५ अर्ब नाघ्यो

२१ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ । लगातार बढेको बजारमा बिहीबार नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकताकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो । […]

आज पनि घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

शेयर बजार आज पनि घटेको छ । शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । लगातार तेस्रो दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६१ अंकले घटेर एक हजार नौ सय १७ दशमलव २८ विन्दुमा झरेको छ । आज दुई सय ४६ वटा कम्पनीका ८० लाख ९२ हजार कित्ता शेयर एक […]

नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम ८२ करोडभन्दा माथि

२७ असोज, काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार ४.१५ अंकले बढ्यो । बजार १८७०.६३ बिन्दुमा पुगेको छ । कारोबार रकम भने बिहीबार समेत बढ्न सकेन । बिहीबार कुल २२२ स्टकको १७ हजार १४५ वटा कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयर […]

लगातार तेस्रो दिन पनि शेयर बजार बढ्यो, कारोबार रकम भने १ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – लगातार तेस्रो दिन पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार ८ दशमलव ०३ अङ्कले बढेर दुई हजार दुई सय ३९ दशमलव ६० विन्दुमा पुगेको छ ।  आज बैंक, व्यापार, बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ । विकास बैंक, जलविद्युत्, होटल र अन्य समूहको शेयर भने घटेको छ ।  नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । दुई सय २२ वटा कम्पनीकाे २३ लाख २४ हजार कित्ता शेयर ८८ करोड ९८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै मेगा बैंकको पाँच कर...

लगातार तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले बढ्यो,  कारोबार रकम बढ्न सकेन

काठमाण्डाै – लगातार तेस्रो दिन आज मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव १६ अङ्कले बढेर दुई हजार तीन सय १३ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, लघुवित्त र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन । दुई सय २६ वटा कम्पनीका ३३ लाख ३० हजार कित्ता शेयर एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै ङादी ग्रुप कम्पनीको नौ करोड ९८ लाख रुपैयाँको शेयर किनबेच भयो । आज वरु...

नेप्से ३८ बिन्दुले झर्‍यो, कारोबार रकम पनि ६ करोड मात्र

साताको दुई दिन लगातार बढेको सेयर कारोबार त्यसपछिका दुई दिनमा फेरि घटेको छ। मंगलबार १० बिन्दुले घटेको नेप्सेमा बुधबार ३८ बिन्दुले गिरावट आएको हो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।...

अहिलेको बजार बुलिस भएकोले करेक्सन हुनु सामान्य : राधा पोखरेल

लगातार बढेको नेप्से सूूचकमा करेक्सन, कारोबार रकम भने बढ्यो साताको पहिलो कारोबारदेखि लगातार बढ्दै एक सय ४१ अंकमाथि उक्लिएको नेप्सेमा बुधबार भने करेक्सन भएको छ । नेप्से ३० दशमलव ५१ एक अंकले...

नेप्से स्थिर कारोबार रकम सुस्त

लगातार पाँच दिन बढेको नेप्से सोमबारबाट करेक्सनमा देखिन थालेको छ । सोमबार नेप्से करिब पाँच अंकले घटेको हो । कारोबार सुरु भएसँगै वृद्धिको प्रयासमा देखिएको नेप्से सफल भने हुन सकेन । नेप्से २१...