एनएमबि बैंकको ६ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ६ हजार कित्ता शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर विक्रीमा ल्याएको हो । शेयर खरीद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिन सकिनेछ । साथै, तोकिएको अवधिभित्र शेयर विक्रीका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संघसंस्थालाई विक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

सम्बन्धित सामग्री

दुई कम्पनीको १ लाख ७६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । बुधवार दुई कम्पनीको कुल १ लाख ७६ हजार ६५८ कित्ता संस्थापक शेयर (Promoter Share) विक्रीमा आएको छ । एनएमबि बैंक लिमिटेड (NMB Bank Limited)ले ६९ हजार ७४६ कित्ता र सूर्योदय वोमी लघुवित्तले १ लाख ६ हजार ९१२ कित्ता संस्थापक शेयर विक्रीका लागि बुधवार सूचना जारी गरेका हुन् । दुवै कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र उल्लेखित शेयर (Share) खरीदका लागि आवेदन दिन सक्नेछन् । एनएमबि बैंकको शेयर खरीदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालय र सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि ललितपुरको महालक्ष्मी–४ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।

कुमारी बैंकको ६ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको ६ हजार ३२४ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले चैत ५ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री अघि बढाइने पनि कम्पनीले भनेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक शेयर लिलामीमा

चैत १३, काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आज (आइतवार) देखि लिलामीमा आएको छ ।  बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता र छिमेक लघुवित्तको ६ लाख ६ हजार १४० कित्ता संस्थापक शेयर वैशाख १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको  हो ।  यस अघि दुवै कम्पनीको उल्लेखित शेयर विक्रीका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी फागुन ५ गतेदेखि चैत ९ गतेसम्मको मिति तय गरिएको थियो । उक्त अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने गरी पुनः विक्री खुला गरिएको हो ।  छिमेक लघुवित्तको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६०० र आरएमडिसी लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ५४० तोकिएको छ । यी शेयर खरीद गर्न इच्छुकहरुले न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ ।  दुवै कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको शेयर लिलामीमा विक्री खुला

भदौ २९, काठमाडौं । मुक्तिनाथ क्यापिटलको स्वामित्वमा रहेको ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको संस्थापक शेयर मंगलवारदेखि लिलामीमा विक्री खुला भएको छ ।  क्यापिटलले ज्योति विकास बैंकको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । ज्योति विकास बैंकको शेयरमा न्यूनतम रू. १४५ र प्रभु इन्स्योरेन्सको शेयरमा रू. ३५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न पाइनेछ ।  यो शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा कोही व्यक्ति, कम्पनी, संघ/ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यो शेयरमा कात्तिक ३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

तीन ओटा कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

भदौ १८, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।  भदौ ४ गतेदेखि बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ३ लाख ६ हजार ६५ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८६ हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो ।  यसअघि पनि विभिन्न समयमा लिलामीमा विक्री खुला गरी वितरण हुन नसकेको यी शेयर कम्पनीहरुले पुनः लिलामीमा विक्री गरेका हुन् । आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ६०३, नागरिक लगानी कोषको प्रतिकित्ता रू. १ हजार ४१० र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू. ५७६ तोकिएको छ ।  यी शेयर खरीद गर्न चाहने इच्छुक जो कोही व्यक्ति वा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । मेरो माइक्रोफाइनान्स र नागरिक लगानीकोषको शेयर खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ भने आरएमडीसी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन  शुक्रवार

भदौ १७, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन  शुक्रवारसम्म रहेको छ । कम्पनीले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८६ हजार ३३९ कित्ता,आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ६ हजार ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।  बोलपत्र पेश गर्दा मेरो माइक्रोफाइनान्सको न्यूनतम शेयरमूल्य प्रतिकित्ता रू. ५७५, आरएमडिसी लघुवित्तको रू. ६०३ र नागरिक लगानी कोषको रू. १ हजार ४१० तोकिएको हुँदा सो वो सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  कम्पनीले ती तीन ओटै कम्पनीको संस्थापक शेयर भदौ ४ गतेदेखि लिलामीमा ल्याएको थियो । मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाइने छ ।  त्यसैगरी आरएमडिसी लघुवित्तको शेयर खरीदको लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिने पाइनेछ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

आरएमडीसी लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ४ भदौ । आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ६ हजार ६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । आजदेखि लिलामीमा ल्याएको शेयरमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । प्रतिकित्ता शेयरको मुल्य ६ सय ३ रुपैयाँ निर्धारण गरिएको […]

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम

काठमाडौं, १५ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको लिलामीमा ल्याएको मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा आजसम्म आवेदन दिन सकिन्छ । कम्पनीले यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको यस कम्पनीको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर साउन ३ गते आइतवारदेखि पुःन लिलामीमा ल्याएको हो । कम्पनीको प्रतिकित्ता ५४१ रुपैयाँ तोकिएको हुनाले तोकिएको […]

एनआईसी बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको शेयर लिलामीमा

काठमाडौं, ३ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर पुःन लिलामीमा आएको छ । कम्पनीले यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको यस कम्पनीको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर साउन ३ गते आइतवारदेखि पुःन लिलामीमा ल्याएको हो । कम्पनीको प्रतिकित्ता ५४१ रुपैयाँ तोकिएको हुनाले तोकिएको मूल्य वा […]