बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक शेयर लिलामीमा

चैत १३, काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आज (आइतवार) देखि लिलामीमा आएको छ ।  बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता र छिमेक लघुवित्तको ६ लाख ६ हजार १४० कित्ता संस्थापक शेयर वैशाख १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको  हो ।  यस अघि दुवै कम्पनीको उल्लेखित शेयर विक्रीका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी फागुन ५ गतेदेखि चैत ९ गतेसम्मको मिति तय गरिएको थियो । उक्त अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने गरी पुनः विक्री खुला गरिएको हो ।  छिमेक लघुवित्तको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६०० र आरएमडिसी लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ५४० तोकिएको छ । यी शेयर खरीद गर्न इच्छुकहरुले न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ ।  दुवै कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको छिमेक लघुवित्तको संस्थापक शेयर बाँडफाँट

जेठ ४, काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको छिमेक लघुवित्तको संस्थापक शेयर बाँडफाँट गरिएको छ । कम्पनीले चैत १३ गतेदेखि वैशाख १८ गतेसम्म ६ लाख ६ हजार १४० कित्ता शेयर खरीदका लागि आह्वान गरी जेठ ३ गते बाँडफाँट गरेको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरेको हो । प्रतिकित्ता रू. ६०० मूल्य तोकिएको उक्त शेयर प्रतिकित्ता रू. ६०४ ले खरीद गर्न माग गर्दै आवेदन दिएका आवेदकलाई २ हजार कित्ता शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले दिएको छ ।

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको छिमेक लघुवित्तको लिलामी शेयर बाँडफाँट

भदौ २, काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडमा स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँट गरिएको छ । कम्पनीले ३ हजार २५० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गरेको हो ।  रितपूर्वक आवेदन दिने आवेदकलाई प्रशोधन गर्दा प्रतिकित्ता रू. ६१४ का दरले आवेदन दिने आवेदकलाई माग बमोजिम नै ३ हजार २५० कित्ता कित्ता शेयर साउन २४ गते बाँडफाँट गरेको हो ।  साथै, कम्पनीले बाँडफाँटमा नपरेका आवेदकहरुको रकम आवेदकले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामै रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ ।

आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा आवेदन दिने अन्तिम दिन सोमवार

जेठ १६, काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरलिलामीमा आवेदन दिने अन्तिम दिन सोमवार बैंकिङ समयसम्म रहेको छ ।  बैंकले आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक शेयर गत वैैशाख १४ गतेदेखि लिलामीमा ल्याएको हो ।  शेयर खरीदको लागि न्यूनतम मूल्य प्रतिकित्ता रू. ४३५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । अधिकतमको लागि भने कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ ।