काठमाडौं । बुधवार दुई कम्पनीको कुल १ लाख ७६ हजार ६५८ कित्ता संस्थापक शेयर (Promoter Share) विक्रीमा आएको छ । एनएमबि बैंक लिमिटेड (NMB Bank Limited)ले ६९ हजार ७४६ कित्ता र सूर्योदय वोमी लघुवित्तले १ लाख ६ हजार ९१२ कित्ता संस्थापक शेयर विक्रीका लागि बुधवार सूचना जारी गरेका हुन् ।
दुवै कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र उल्लेखित शेयर (Share) खरीदका लागि आवेदन दिन सक्नेछन् । एनएमबि बैंकको शेयर खरीदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालय र सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि ललितपुरको महालक्ष्मी–४ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।