कुमारी बैंकको ६ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको ६ हजार ३२४ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले चैत ५ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री अघि बढाइने पनि कम्पनीले भनेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

सूर्योदय वोमी लघुवित्तको ६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको ६ हजार २०६ कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले ईन्द्र बहादुर गोदारको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय, महालक्ष्मी, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाठौंमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट यो शेयर खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

एनएमबि बैंकको ६ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ६ हजार कित्ता शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर विक्रीमा ल्याएको हो । शेयर खरीद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिन सकिनेछ । साथै, तोकिएको अवधिभित्र शेयर विक्रीका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संघसंस्थालाई विक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलको ६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ हजार ३१७ दशमलव ८५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले प्रतिशेयर ११५ रूपैयाँमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

जनउत्थान सामुदायिक लघुवित्तको ३६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको ३६ हजार कित्ता शेयर सर्वसाधारणमा जारी गरेको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि कम्पनीले सर्वसाधारणमा यो शेयर विक्री गर्न लागेको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र खरीद आवेदन पेस गर्न कम्पनीले आग्रह गरेको छ । खरीद आवेदन कम्पनीको केन्द्रीय कार्यालय बुटवल–१०, कालिकानगर, रूपन्देहीमा पेस गर्नुपर्नेछ । आवेदन पेस गर्दा खरीद गर्न चाहेको शेयर संख्यासमेत खुलाउन कम्पनीले भनेको छ । कम्पनीले संस्थापक शेयरधनी प्रेम कुमार बरालको नाममा रहेको ६ हजार कित्ता, डा. मान बहादुर बिकेको नाममा रहेको १० हजार कित्ता, माधव प्रसाद नेपालको नाममा रहेको १० हजार कित्ता र यज्ञ विक्रम शाहीको नाममा रहेको १० हजार कित्ता गरी कुल ३६ हजार कित्ता शेयर विक्री खुला गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

दुई कम्पनीको १ लाख ७६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । बुधवार दुई कम्पनीको कुल १ लाख ७६ हजार ६५८ कित्ता संस्थापक शेयर (Promoter Share) विक्रीमा आएको छ । एनएमबि बैंक लिमिटेड (NMB Bank Limited)ले ६९ हजार ७४६ कित्ता र सूर्योदय वोमी लघुवित्तले १ लाख ६ हजार ९१२ कित्ता संस्थापक शेयर विक्रीका लागि बुधवार सूचना जारी गरेका हुन् । दुवै कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र उल्लेखित शेयर (Share) खरीदका लागि आवेदन दिन सक्नेछन् । एनएमबि बैंकको शेयर खरीदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालय र सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि ललितपुरको महालक्ष्मी–४ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।

नेशनल माइक्रोफाइनान्सको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

जेठ १९, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडलको १९ हजार १३२ कित्ता संस्थापक शेयर आज (बिहीवार) देखि विक्रीमा आएको छ ।  कम्पनीले लोचन देवी मानन्धरको नाममा रहेको ६ हजार ३३५ कित्ता, माला राजभण्डारीको नाममा रहेको ४ हजार ५६१ कित्ता गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।  इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र उल्लेखित शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय धादिङ्गमा निवेदन पेश गर्नुपर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री प्रकृया अघि बढाइने जानकारी कम्पनीले दिएको छ । संस्थापक शेयर विक्रीको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :

सिभिल लघुवित्तको २१ हजार कित्ता संस्थापक शेयर विक्रीमा

वैशाख २०, काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको २१ हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ ।  कम्पनीले सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता शेयर विक्रीका लागि मंगलवार ३५ दिने सूचना जारी गरेको हो ।  यो शेयरको मूल्य प्रतिकित्ता रू. ७०० तोकिएको छ । विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मिति भित्र तोकिएको मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  रितपूर्वक भरिएको गोप्य शिलबन्दी बोलपत्र कम्पनीको केन्द्रिय कार्यालय चावहिल, काठमाडौंमा पेश गर्नु पर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन पर्न नआएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उल्लेखित शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

कालिका लघुवित्तको १८ हजार कित्ता संस्थापक शेयर विक्रीमा

मंसिर १३, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १८ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी तोयानाथ चालिसेको नाममा रहेको ८ हजार कित्ता, रुद्र प्रसाद शर्माको नाममा रहेको ६ हजार कित्ता र कृष्ण काजी के.सीको नाममा रहेको ४ हजार कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा १०, कास्कीमा लिखित निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

आरएमडीसी लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ४ भदौ । आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ६ हजार ६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । आजदेखि लिलामीमा ल्याएको शेयरमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । प्रतिकित्ता शेयरको मुल्य ६ सय ३ रुपैयाँ निर्धारण गरिएको […]

एनआईसी बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको शेयर लिलामीमा

काठमाडौं, ३ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर पुःन लिलामीमा आएको छ । कम्पनीले यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको यस कम्पनीको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर साउन ३ गते आइतवारदेखि पुःन लिलामीमा ल्याएको हो । कम्पनीको प्रतिकित्ता ५४१ रुपैयाँ तोकिएको हुनाले तोकिएको मूल्य वा […]