भदौ १७, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवारसम्म रहेको छ ।
कम्पनीले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८६ हजार ३३९ कित्ता,आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ६ हजार ६५ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
बोलपत्र पेश गर्दा मेरो माइक्रोफाइनान्सको न्यूनतम शेयरमूल्य प्रतिकित्ता रू. ५७५, आरएमडिसी लघुवित्तको रू. ६०३ र नागरिक लगानी कोषको रू. १ हजार ४१० तोकिएको हुँदा सो वो सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
कम्पनीले ती तीन ओटै कम्पनीको संस्थापक शेयर भदौ ४ गतेदेखि लिलामीमा ल्याएको थियो । मेरो माइक्रोफाइनान्स र नागरिक लगानी कोषको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाइने छ ।
त्यसैगरी आरएमडिसी लघुवित्तको शेयर खरीदको लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिने पाइनेछ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।