प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद शान्ति परियार विकले देशको सूचना चुहाउने व्यक्ति को हो भनेर सरकारलाई सोधेकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद विकले संसद्को रोष्ट्रमबाट जिम्मेवार पदमा रहेका व्यक्तिले नै राष्ट्रको सूचना चुहाएको अभिव्यक्ति दिएको कुरालाई गम्भीर रूपमा लिनुपर्ने बताएकी हुन् ।