सरकारले अपरिपक्व ढंगले ल्याएको शिक्षा विधेयक सच्याउनुपर्छः कांग्रेस सांसद भण्डारी

काठमाडौँ – कांग्रेस सांसद डा. चन्द्र भण्डारीले सरकारले संसदमा पेस गरेको शिक्षासम्बन्धी विधेयक सच्याउन आफूहरू लागिपरेको बताएका छन्। सांसद भण्डारीले सरकारले शिक्षा क्षेत्र नै नबुझी हतारमा सो विधेयक ल्याएकाले त्यसलाई सच्याउने काममा लाग्नुपरेको जिकिरसमेत गरे। बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आन्दोलनरत पक्षको माग सम्बोधन हुने गरी […]