माघ १४, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २६ हजार ३५२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।
बैंकले मृगेन्द्र बहादुर प्रधानाङ्गको नाममा रहेको उक्त शेयर प्रतिकित्ता रू. २१० मूल्य तोकेर लिलामीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार विद्यमान संस्थापकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।