बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

वैशाख १४, काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज (मंगलवार) देखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता र  छिमेक लघुवित्तको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । यी दुवै कम्पनीको शेयर गत माघ २७ देखि चैत ३ गतेसम्म बोलपत्र आव्हान गर्दा विक्री भएपश्चात बाँकी रहेको शेयर पुनः लिलामीमा विक्री गर्न लागिएको हो ।  उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले वैशाख २१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  आरएमडीसी लघुवित्तको न्यूनतम मूल्य रू. ४३५ र  छिमेक लघुवित्त न्यूनतम मूल्य रू. ६०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।  दुवै शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । 

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको ४७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

फागुन ११, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ४७ हजार ३५० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी सुलोचना कसजुको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न कसैको निवेदन नआएमा कानून अनुसार विक्री हुने कम्पनीले जानकारी गराएको हो ।

बैंक अफ काठमाण्डूको २६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

माघ १४, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २६ हजार ३५२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।  बैंकले मृगेन्द्र बहादुर प्रधानाङ्गको नाममा रहेको उक्त शेयर प्रतिकित्ता रू. २१० मूल्य तोकेर लिलामीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।  बैंकका अनुसार विद्यमान संस्थापकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।

बैंक अफ काठमाण्डूको ३२ हजार कित्ता संस्थापक शेयर विक्रीमा

कात्तिक १०, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ३२ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य रू. २१० तोकिएको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।