जेठ ११, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक शेयर विक्रीमा गर्ने भएको छ ।
कम्पनीले दिएको निवेदनका आधारमा बैंकले बुधवार उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । प्रतिकित्ता रू. १५० तोकिएको उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापहरूले मात्र तोकिएको अवधिभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा लिखित निवदन पेश गर्नु पर्नेछ ।
उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।