समृद्धि फाइनान्सको अवितरित हकप्रद आजदेखि लिलामीमा

चैत २९, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (मंगलवार) देखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ ।  कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।  यो शेयर खरीदका लागि वैशाख ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।  बोलपत्र विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय तथा काठमाडौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

सम्बन्धित सामग्री

समृद्धि फाइनान्स र हिमालयन क्यपिटलबिच सम्झौता

समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच पिएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पि।एम।एस।व्यवस्थापनको लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने जानकारी उपलब्ध भएको हो । उक्त सम्झौता पत्रमा समृद्धिको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी र हिमालयको तर्पmबाट प्रमुख […]

समृद्धि फाइनान्स र होटल ठमेल पार्कबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबीच छुटबारे सम्झौता भएको छ । यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकले उक्त होटलमा सेवा तथा सुविधाहरु लिए वापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैंकिङ, डेविट कार्ड तथा क्यूआर प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्ने छन् । त्यस्तै उक्त होटलमा स्पामा २० प्रतिशत, फुड, वेभरेज तथा कोठामा […]

समृद्धि फाइनान्स र 'ए टु जेड' अनलाइन बजारबीच सम्झौता

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता भएको छ। यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रू १५...

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता

काठमाडौं, २९ मंसिर । समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजार बिच मंसिर २९ गते सम्झौता भएको छ । यो सम्झौता पछि समृद्धि फाइनान्सका ग्राहकहरुलाइ ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट रू १५००० सम्म छुट दिने भएको छ । सो सम्झौता पत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख […]

बद्रीलालले जिते समृद्धि फाइनान्स नेसनल भेट्रान चेस च्याम्पियनसिप

पूर्वनेसनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाइनान्स पाँचौँ नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाइनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनसिपमा उनले उपाधि जितेका हुन् ।  पाँचौँ...

समृद्धि फाइनान्स र ग्रोथ सेलरबिच सम्झौता

काठमाडौं, २० साउन । समृद्धि फाइनान्स र ग्रोथ सेलर प्रा.लीबिच जनशक्ति व्यवस्थापन सम्बन्धित सम्झौता भएको छ । दुई कम्पनीबीच गत साउन १७ गते सम्झौता भएको हो । यो सम्झौता पछी समृद्धि फाइनान्सको लागि आवश्यक जनशक्ति नियुक्तिका लागि ग्रोथ सेलरले सम्पूर्ण जनशक्ति नियुक्तिका प्रकृयामा सहयोग गर्ने जनाएको छ । संस्थाको विभिन्न शाखामा आवस्यक जनशक्ती दक्ष अर्धदक्ष, […]

समृद्धि फाइनान्स र कुमारी बैंकबीच सम्झौता

समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ ।सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् ।यो सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पूर्ण शाखाबाट सजिलै लिन सकिनेछ ।नेपाल राष्ट्र बैंकबाट “ग” बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको […]

समृद्धि फाइनान्स र कुमारी बैँकबीच रेमिट्यान्स सम्झौता

समृद्धि फाइनान्स र कुमारी बैँकबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक बिनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् । यो सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पूर्ण शाखाहरूबाट सजिलै लिन सकिन्छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँचवटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ । फाइनान्सले ब

समृद्धि फाइनान्स र फेवाबजारबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी र फेवा बजारबीच कन्जुमर ईएमआइ कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ । अब ५० हजारदेखि पाँच लाखसम्मको सामग्री खरिदमा शुन्य प्रतिशत व्याजदरमा फेवाबजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिनासम्मका लागि कर्जा सुविधा पाउनेछन् । सो सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभास श्रेष्ठ र फेवाबजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आर्चायले […]

हकप्रद शेयर बिक्रि गर्दै समृद्धि फाइनान्स

काठमाडौं, १८ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर बिक्रि गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ः१ को अनुपातमा २७ करोड २९ लाख ७० हजार ५ सय बराबरको २७ लाख २९ हजार ७०५ कित्ता बिक्रि गर्ने भएको हो । कम्पनीले साउन १५ गते नै शेयर निष्कासनको लागि बोर्डमा निवेदन […]