समृद्धि फाइनान्सको लिलामी शेयरमा मंगलवारदेखि आवेदन दिन सकिने

चैत २८, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा शेयरमा मंगलवारदेखि आवेदन दिने सकिने छ । कम्पनीले हकप्रद शेयरमा नबिकेको ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । यो शेयर खरीदका लागि वैशाख ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ । यो शेयरको न्यूनतम मूल्य रू.१०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने छ भने भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय तथा काठमाडौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।  

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ब्रान्च म्यानेजरमा एकजना र रिलेसनसिप म्यानेजरको लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । शैक्षिक योग्यता कम्तीमा स्नात्तक तह उत्तीर्ण गरेको हुनुपर्ने जारी गरिएको सूचनामा उल्लेख छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सोमबार कार्यालय समयभित्र आवेदन दिन सकिने कम्पनीले […]

समृद्धि फाइनान्सको ९ लाख ४० हजार कित्ता शेयर आजदेखि लिलाममा, कहाँ दिने आवेदन ?

समृद्धि फाइनान्स Samriddhi Finance Company ले हकप्रदमा अवितरित शेयर आज चैत्र २९ गतेदेखि लिलाम गर्न लागेको छ । कम्पनीले  हकप्रदमा अवितरित संस्थापक समुहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता शेयर र सर्वसाधारण समुहको ७३ हजार १ सय कित्ता गरि कुल ९ लाख ४० हजार ४ सय ६६ कित्ता शेयर लिलाम गर्न लागेको हो। यस लिलामको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरमा बैशाख ७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ । लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक तर्फ न्युनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।   संस्थापक समूहको शेयर खरीद गर्न ईच्छुक सम्पूर्ण खरीदकर्ताहरुले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूचि ३) को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बर (PAN) को प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। कम्पनीको हकमा आवेदनका साथ कम्पनीको दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, वित्तीय विवरण, कम्पनीको आयस्रोत खुल्ने कागजात, शेयर खरीद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । साथै उक्त संस्था नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी निर्देशन अनुसार संस्थापक शेयर खरीद गर्न योग्य हुनुपर्नेछ। यस लिलामीको शेयरमा जो कोहि व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्ने छ ।आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन् बि.ओ.के. क्यापिटल मार्केट लि., नारायणचौर, नक्साल, काठमाण्डौ।बैंक अफ काठमाण्डू लि.को शाखा कार्यालयहरु: मेनरोड- बिराटनगर, आदर्शनगर -विरगंज, न्यूरोड -पोखरा, ट्राफिक चोक -बुटवल, सुर्खेत रोड - नेपालगंज, विरेन्द्रचौक विरेन्द्रनगर- सुर्खेत मेनरोड, चौराहा- धनगढी।समृद्धि फाइनान्स कम्पनी लि. केन्द्रिय कार्यालय हेटौडा- मकवानपुर, शाखा कार्यालयहरु पुतलीसडक- काठमाडौं, नारायणगढ-चितवन, पोखरा- कास्की, बुटवल-रुपन्देही।कम्पनिले हकप्रदमा रितपुर्वक आवेदन दिएकालाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता शेयर बाँडफाँड गरिसकेको छ। हकप्रदमा संस्थापकतर्फ ६३ जना र सर्वसाधारणतर्फ ८ हजार २ सय ३५ जनाले आवेदन दिएकोमा उनीहरुलाई शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।कम्पनीले  फागुन ८ गतेदेखि २:१ अनुपात अर्थात् ५० प्रतिशतको दरले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गरेको थियो । फाईनान्सले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने ब्यबस्था थियो।     वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  फाइनान्सले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

समृद्धि फाइनान्सको ५०% हकप्रद शेयर आजदेखि विक्रीमा

फागुन ८, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर आज (आइतवार) देखि निष्कासन भएको छ । कम्पनीले २ बराबर १ को अनुपातमा रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । हकप्रद शेयर निष्कासपछि कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ५०० पुग्नेछ । कम्पनीले साउन १५ गते उक्त हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले यस हकप्रद शेयर निष्कासन प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् । यस हकप्रद शेयर खरीदका फागुन २९ गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ । यसअघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार ३०० को आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८/७९ भित्र चुक्तापूँजी रू. ८० करोड कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी वृद्धि गर्न लागेको हो ।

समृद्धि फाइनान्सको हकप्रद बिक्रि खुला

समृद्धि फाइनान्स Samriddhi Finance Company ले आज फागुन ८ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले  २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गरेको छ । कम्पनीले  साउन १५ गते नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने छन् ।  हकप्रदमा माघ २९ गतेसम्म आवेदन दिन सकिने छ  ।  हकप्रद निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।   वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

समृद्धि फाइनान्सको ५०% हकप्रद शेयर फागुन ८ गतेदेखि विक्रीमा

माघ २०, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि निष्कासन गर्ने भएको छ ।  यस हकप्रद शेयर निष्कासन प्रयोजनका लागि पुस ११ गते एक दिन बुक क्लोज गरेको कम्पनीले निष्कासन मिति भने बिहीवार मात्र तय गरेको हो ।  बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् । यस हकप्रद शेयर खरीदका फागुन २९ गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले साउन १५ गते २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो ।  हाल रू. ५४ करोड ५९ लाख ४१ हजार चुक्तापूँजी रहेको कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ५०० पुग्नेछ ।  यसअघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार ३०० को आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो ।  कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८/७९ भित्र चुक्तापूँजी रू. ८० करोड कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी वृद्धि गर्न लागेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू.६० लाख २२ हजार खुद नाफा गरेको छ ।

समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद निष्काशन गर्ने

समृद्धि फाइनान्स Samriddhi Finance Company ले फागुन ८ गतेदेखि हकप्रद बिक्रि खुला गर्ने भएको छ । कम्पनीले  २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले  साउन १५ गते नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने छन् ।  हकप्रदमा माघ २९ गतेसम्म आवेदन दिन सकिने छ  ।  हकप्रद निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।   वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।