सम्बन्धित पालिका क्षेत्रभित्र ठेक्कापट्टा व्यवसायमा संलग्न भएको व्यक्ति स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगको आचारसंहितामा स्थानीय तहमा उम्मेदवार बन्ने व्यक्तिले मनोनयन दर्ताअघि ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको’ स्वघोषणा गर्नुपर्ने अनिवार्य गरेपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सम्बन्धित पालिका क्षेत्रमा ठेक्कापट्टा गर्नेले मात्र उम्मेदवार हुन नपाउने आदेश दिएको हो ।