काठमाडौं : नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधिमा पराजित हुने व्यक्ति जिल्ला सभापति बाहेक अन्य सबै पदमा उम्मेदवार बन्न पाउने छन्।कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जिल्ला निर्वाचन समितिलाई परिपत्र गर्दै महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्तिले जिल्ला कार्यसमिति सभापति बाहेक सबै पदमा उम्मेदवार बन्न पाउने स्पस्ट पारेका हुन्। कांग्रेसको विधानमा स्पष्ट उल्लेख नभएको भनी जिल्ला कार्यसमितिबाट गुनासो आएकाले परिपत्रमार्फत स्पष्ट पारेको परिपत्रमा उल्लेख छ। परिपत्