काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरण आजबाट सुरु भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार उम्मेदवार र दलहरुले आजबाट जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन्।
निर्वाचन प्रचारप्रसारको दोस्रो चरणमा प्रवेश गरेसँगै उनले निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह…