१५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्ववियु निर्वाचनको आचार संहिता सम्बन्धी निर्देशिका तयार गरेको छ । निर्देशिका अनुसार २०५१ साल फागुन २८ गते पछि जन्मेका विद्यार्थीले उम्मेदवारी दिन पाउने छन् । उम्मेदवारको उमेर २८ वर्ष ननाघेको हुनुपर्ने व्यवस्थाले गर्दा त्यसअघि जन्मिएका विद्यार्थीले उम्मेदवार दिन नपाउने भएको हो । […]