काठमाण्डाै – स्थानीय तहको चुनावमा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवार बन्न पाउने निर्वाचन आयोगको आचारसंहितामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । आयोगको निर्णयविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिट निवेदनमाथि आज मङ्गलवार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले पक्ष र विपक्षी दुवैलाई छलफलका लागि यही चैत १३ गते इजलासमा बोलाएको छ । आउँदो वैशाख ३० गते हुने स्...