आज २०७८ सालको अन्तिम दिन । नेपालको राजनीतिक इतिहासमा २०७८ निकै उतारचढावपूर्ण बन्यो । राजनीतिक उथलपुथलका कारण सर्वोच्च अदालत, प्रधानन्यायाधीश र सिङ्गो न्यायालय समेत विवादरहित बन्न सकेन । संसद् विघटनदेखि पुनर्स्थापनासम्म तथा पार्टीहरू विभाजन हुनेदेखि विवादित एमसीसी अनुमोदन र चुनाव घोषणासम्म यस वर्षका महत्त्वपूर्ण परिघटना हुन पुगे । साथै, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथि महाभियोग र गभर्नर महाप्रसाद अधिकारीको निलम्बन पनि यस वर्षका सम्झनलायक घटनाका रूपमा चित्रित भए ।१. प्रतिनिधि सभाको ह