काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले ५९ साल फर्काउन खोजेको आशंका पैदा भएको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै ज्ञवालीले स्थानीय तहको निर्वाचनको सम्बन्धमा सरकारले कुनै निर्णय नगरेको बताए।सरकारले स्थानीय निर्वाचन समयमा नगरेर ५९ साल फर्काउने प्रयास भएको दाबी गरेका छन्। स्थानीय निकायको म्याद थप गर्न र यसको अधिकार हस्तान्तरण गर्न नमिल्ने अवस्थामा पनि गठबन्धन सरकारले कुनै तयारी नगरेको उनको कथन छ।चुनावको तयारीका लागि नि