काठमाण्डौं : २०७९ साल नेपालका लागि मध्यम किसिमको ग्रह गोचर रहेको ज्योतिष विद्हरुले बताएका छन्।नल नामको संवत्सर रहेको २०७९ साल राजा शनि र मन्त्री वृहस्पति छन्। यस वर्षको सामाजिक, आर्थिक, राजनीतिक समग्रमा त्यति राम्रो नभएको ज्योतिषाचार्य हरि सोडारीले बताएउनका अनुसार यस वर्ष न्यायको क्षेत्रमा केही सुधारहरु देखिने भएपनि साउन १२ गतेबाट कार्तिक ३ गतेसम्म राजा र मन्त्री दुवै ग्रह वक्र रहने भएकोले सरकार कमजोर रहनेछ।यस अवधिमा बाहिरबाट हेर्दा सरकारले न्याय गरेको देखिएपनि आन्तरिक रुपमा कलह नै रहने बताए।ज्य