सिन्धुली । विगतका वर्षहरुको तुलनामा यसवर्ष अत्यधिक रुपमा साल फुलेपछि चुरे भावर क्षेत्र यतिखेर मनमोहक वातावरणमय बनेको छ । साल फुलेसँगै कोईली, सुगा मैनाहरुको गून्जायमान धुनले समेत चुरे भावर जंगल क्षेत्र चराचुरुङगीको आवाजले झनै संगीतमय बनेको छ । चुरे भावर क्षेत्रमा अत्यधिक रुपमा साल फुलेसँगै राजधानी काठमाडौंबाट पूर्वी तराईका विभिन्न गन्तव्यमा यात्रा गर्ने सबैखाले यात्रुवाह […]