काठमाण्डाै - शिखर धवनको कप्तानीमा रहेको भारतले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई सात विकेटले हराएको छ । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।
कोलम्बोमा गएराति श्रीलङ्काले दिएको २ सय ६३ रनको लक्ष्य भारतले ८० बल बाँकी छँदै भेट्टायो । भारतका लागि कप्तान धवन र इशान किसनले अर्धशतकीय पारी खेले ।
धवनले ८६ र किसनले ५९ रनको योगदान गरे । यस्तै, पृथ्वी शले ४३, सूर्यकुमार यादवले ३१ र मनिष पाण्डेयले २६ जोडे । श्रीलङ्काका धनञ्जय सिल्भाले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्...