काँग्रेसको आरोप : ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आयो (विज्ञप्तिसहित)

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको आरोप लगाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन गरेर अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक–भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुग्नु पर्नेको आरोप लगाएका हुन् । पत्रकार सम्मेलनकै क्रममा वितरित देउवाको प्रेस नोटमा काठमाडौंमा निषेधाज्ञा गरिएपछि लाखौ मानिस संक्रमित कम भएको स्थान अर्थात राजधानी बाहिर पुगेको र

सम्बन्धित सामग्री

बर्डफ्लु नियन्त्रण बाहिर, लकडाउन गर्न सरोकारवालाहरू सँग छलफल

चैत २२, काडमाडौं । कुखुराको संक्रामक रोग बर्डफ्लु नियन्त्रण बाहिर गएको छ । गत माघ महीनादेखि नै फैलिन थालेको बर्डफ्लु नियन्त्रण बाहिर गएको भन्दै सरकारले नियन्त्रण गर्न लकडाउन गर्ने विषयमा छलफल थालेको छ । पशुसेवा विभागले बर्डफ्लु रोक्न ढुवानी रोक्ने विषयमा सम्बन्धित पक्षसँग छलफल थालेको छ। पशु सेवा विभागका महानिर्देश डा राम नन्दन तिवारीले बर्डफ्लु संक्रमण नियन्त्रण बाहिर गएकोले लकडाउन गुर्नपर्ने स्थिति आएको बताए । उनका अनुसार, गत माघदेखि प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा बर्डफ्लुको संक्रमण निरन्तर बढ्दो छ । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग ,प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको उनले जानकारी दिए । कुखुरा पालन हुने देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा ,मकवानपुर, धनुषा र बारामा बर्डफ्लु संक्रमण रफ्तारमा फैलिएको उनको भनाइ छ । बर्डफ्लु नियन्त्रणका लागि ढुवानी रोक्नुपर्ने उनले बताए । तर, ढुवानी रोक्ने विषयमा व्यवसायी भने असहमत रहेका छन् । नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरीले लकडाउनको प्रकृतिबारे प्रष्ट पार्न आग्रह गरे । ‘तपाईंहरुले ओसारपसार बन्द र लकडाउन भन्नुहुन्छ, त्यो कस्तो हो स्पष्ट पारिदिनुहुन अनुरोध छ,’ पुरीले भने । नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष नारायणहरि खत्रीले विभागले अनुगमन फितलो भएको बताए । उनले भक्तपुरमा एक ठाँउमा बर्डफ्लु देखिएको तर त्यसको नजिकैको अर्को कुखुरा फार्मले कुखुरा बेचिरहेको भन्दै लकडाउन गर्न कठिन रहेको बताए । पोल्ट्री विज्ञ एवं नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनका आयोजना निर्देशक डा.उमेश दाहालले कुनै पनि कुखुरा नरहन सक्नेतर्फ संकेत गर्दै विभागले खाली सल्लाह मात्रै नभएर चाँडो निर्णय लिनुपर्ने बताए । उनले बर्डफ्लु नियन्त्रणका लागि दाना ढुवानी नरोकी केही हप्ताका लागि कुखुरा ओसार पसारमा रोकन लगाउनुपर्ने सुझाव दिए । नेपाल पोल्ट्री महासघका महासचिव दिनेशराज मिश्रले नेपालमा फैलिएको बर्डफ्लुको क्षति ठूलो हुने उल्लेख गर्दै पूर्व तयारीमा लाग्न जोड दिए । क्षति न्यूनीकरणका लागि भ्याक्सिनेसनमा जोड दिनुपर्ने उनको सुझाव छ । पशु चिकित्सक डा.मोदनाथ गौतमले आफुले यसको रोकथामका लागि पहिले नै ढुवानी रोक्न सल्लाह दिए पनि विभागले वास्ता नगरेको बताए ।

ओमिक्रोनका कारण अहिले नै लकडाउन गरिहाल्नुपर्ने स्थिति छैनः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्टका कारण अहिले नै लकडाउन लगाइहाल्नै पर्ने स्थिति नभएको बताएका छन् ।बाइडेनले ओमिक्रोन कोभिड भेरियन्ट चिन्ताको कारण त हो त तनावको कारण नभएको बताएका छन् । यो बयान बाइडेनले उत्तरी अमेरिकामा ओमिक्रोनको संक्रमण देखिएपछि दिएका हुन् ।उनले भने, ‘यदि मानिसहरुले भ्याक्सिन लगाएका छन् र मास्क लगाइरहेकमा छन् भने अहिले नै लकडाउन गर्नुपर्ने स्थिति छैन ।’क्यानडामा ओमिक्रोन भेरियन्ट भेटिएको छ र अमेरिकाले सावधानी स्वरुप आठ अफ्रिकी देशमाथि यात्रा प्रत

ओमिक्रोनले भयावह स्थिति आइसकेको छैन : वाइडेन

काठमाडौँ – अमेरिकाका राष्ट्रपति जो बाइडेनले नयाँ भेरियण्ट ओमिक्रोन फैलिनेक्रम सुरु भए पनि भयावहको स्थिति आइनसकेको बताएका छन् । ह्वाइटहाउसमा ब्रिफिङ गरेका राष्ट्रपति बाइडेनले अमेरिकासँग संसारको प्रभावकारी खोप, औषधिहरू तथा उत्कृष्ट वैज्ञानिक भएकाले यस विरुद्ध  आफूहरू लड्न सक्षम भएको बताए। ओमिक्रोन भाइरसका कारण विभिन्न मुलुकले यात्रा प्रतिबन्ध लगाउनेदेखि लकडाउन गर्नेसम्मका प्रतिबन्दहरु जारी गरिरहेका बेला अमेरिकाले […]

युरोप बन्यो कोरोनाको इपिसेन्टर, नेदरल्यान्डमा आंशिक लकडाउन

युरोपेली देशहरुमा कोरोनाको तेस्रो लहरका कारण संक्रमितहरुको संख्या दैनिक बढ्न थालेको छ । पुरै युरोपमा पछिल्लो २४ घण्टामा ३ लाख ३ हजार ६ सय ६२ जना संक्रमित भएका छन् । पछिल्लो साता यहाँ कुल २० लाख जना कोरोनाबाट संक्रमित भए । स्थिति बिग्रिएपछि नेदरल्यान्डले शनिबार बेलुकीदेखि तीन हप्ताका लागि लकडाउन गर्ने फैसला लिएको छ । यस अवधिमा रेस्टुरेन्ट र अत्यावश्यकबाहेकका अन्य पसल बन्द रहनेछन् । त्यस्तै, खेलकुद हेर्नका लागि दर्शकले रंगशाला छिर्न पाउने छैनन् । नेदरल्यान्डमा पछिल्ला २४ घण्टामा कोरोना १

फेरि लकडाउन हुनसक्ने, सरकारले बजायो खतराको घन्टी

काठमाडौं, १९ साउन । कोरोना भाइरसका संक्रमित संख्या ह्वात्तै बढेपछि सरकारले कडाई गर्ने भएको छ । चिकित्सक र विज्ञहरुले समेत बारम्बार तेस्रो लहर भयावह हुने भन्दै सजगता र पूर्वतयारीको सुझाव दिइरहँदा सरकारले पनि आज निषेधाज्ञा कडाई गर्ने संकेत गरेको छ । अस्पतालहरुमा विरामीको चाप बढेपछि स्थिति भयावह बन्ने देखिएको छ । योसँगै सरकारले स्वास्थ्य मापदण्ड […]

मजदुरलाई खान खुवाउने २३ अभियन्ता पक्राउ, सहमति विपरीत संरचना भत्काइयो

१४ असार, काठमाडौं । कोभिड–१९ महामारीको पहिलो लहरमा सरकारले एक्कासी लकडाउन गर्ने निर्णय लिँदा मजदुरहरु उपत्यकामा अलपत्र परे । रोगभन्दा भोकले मर्ने स्थिति आएको भन्दै ‘हाम्रो टिम नेपाल नामक अभियान’ सुरु भयो । महामारीको दोस्रो लहर आउँदा पनि अभियानले पहिले झैँ खाद्यान्न वितरण कार्यक्रमलाई निरन्तरता दियो । तर अभियानले मजदुरहरुलाई खाना खुवाउन बनाइएको संरचना सोमबार […]

सरकारका लागि लकडाउन सत्ता जोगाउने कवचमात्रै बन्यो : कांग्रेस

सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ । बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाश शरण महतले सरकारकै उदासिनता र अर्कमण्यताको कारणले कोभिड–१९को विस्तार भएको र लकडाउन गर्नुपर्ने स्थिति आएको भन्दै लकडाउनलाई सरकारले सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरिरहेको बताए […]

स्वास्थ्य संकटकाल लगाउने तयारी, केही समय देशैभर लकडाउन

काठमाडौं :  कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल लगाउन तयारी गरेको छ।सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसेपनि सबै सदस्य उपस्थित नभएपछि निर्णय हुन नसकेको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सीसीएमसीमार्फत मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएक

काठमाडौं उपत्यकामा लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं। काठमाडौं उपत्यकाका कम्तिमा चारसाता लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकमा यसबारे छलफल भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दैछ। "उपत्यकामा कोरोना नियन्त्रणका लागि लकडाउन गर्नुको विकल्प छ्र्रैन। लकडाउन गरेनौं भने हाम्रो स्थिति नियन्त्रणबाहिर जानेछ," डा. प्रवक्ता गौतमले बताए।